दार्जिलिङमा भुकम्प गएको भनी टिकटकमा गलत सामग्री शेयर गरियो 

गत असार २८ गते @kingarjun82 नामक टिकटक प्रयोगकर्ताले “दार्जिलिङ केन्द्र बनाएर ७.६ [रेक्टर] स्केलको भूकम्प” शीर्षकमा एक भिडियो क्लिप पोस्ट गरे । सो सामग्रीमा विसं २०७९/३/२८ अर्थात् असार २८, २०७९ उल्लेख गरिएको थियो । नेपालीमाझ लोकप्रिय छोटो-भिडियो शेयर गर्न मिल्ने सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरिएको उक्त सामग्रीमा भनिएको छ, “नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस ।” १६ हजारभन्दा बढी फलोअर्स भएका ती प्रयोगकर्ताले टिकटकमा आफ्नो विषयमा खुलाएका छैनन् । 

१९ सेकेन्डको उक्त भिडियो क्लिप टिकटकमा ४२ लाखभन्दा बढी पटक हेरिएको छ । यसमा २ लाखभन्दा बढी प्रतिक्रिया आएका छन्। आइतबार दिउँसोसम्म यसलाई ३००० भन्दा बढी प्रयोगकर्ताहरूले शेयर गरिसकेका थिए। कतिपय टिकटक प्रयोगकर्ताहरूले यो भूकम्प सम्बन्धी सचेतना जगाउनका लागि खिचिएको भिडियो भएको प्रतिक्रिया जनाएका छन्।

भिडियो क्लिपमा विद्यार्थीहरू आफ्नो कक्षाकोठाबाट स्कुल झोला बोकेर बाहिर निस्किरहेको देखाइएको छ। त्यसपछि विद्यार्थीहरू टेबुलमुनि लुक्दै गरेको दृश्य देखिन्छ। यसमा एक छात्र भुइँमा बसेको अनि उसको अनुहार रगताम्य भएको देखाइएको छ। टिकटकमा शेयर गरिएको भिडियोमा एक छात्राको हातमा रगत लतपतिएको छ भने अरु विद्यार्थी भुइँमा लडिरहेका छन् ।

हामीले विभिन्न कोणबाट भिडियो क्लिपको अध्ययन र विश्लेषण गर्यौं। तर यो भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने प्रश्नको जवाफ फेला पार्न सकेनौँ ।

त्यही मितिमा ती टिकटक प्रयोगकर्ताले “दार्जिलिङमा शक्तिशाली भूकम्प पछि उद्धार गर्ने क्रम जारी छ” शीर्षकमा अर्को भिडियो क्लिप पोस्ट गरे । सो भिडियोमा शिक्षकहरूले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा जान मद्दत गरिरहेको देखिन्छ। क्लिपमा दमकलको साइरन पनि सुनिन्छ। केही प्रहरीहरूले दमकलको लागि गेट खोल्दै गरेको दृश्य छ। प्रहरीको पोसाकबाट भिडियो भारतको हो भनी भन्न सकिन्छ । भारतको कुन ठाउँ हो त ? दमकलको अघिल्लो भागमा लेखिएको “हरियाणा” शब्दले हामीलाई यो भिडियो कहाँको हो भनी पत्ता लगाउन मद्दत गर्‍यो।

हामीले पहिलो पटक “हरियाणा स्कूलका विद्यार्थी भूकम्प तयारी” भन्ने शब्द प्रयोग गरेर गुगलमा खोज्यौं। तर यसबाट हामीले उक्त भिडियो फेला पार्न सकेनौँ । हामीले हाम्रो किवर्डलाई परिष्कृत गर्यौं र युट्युबमा खोजी गर्यौं। हामीले अंग्रेजीमा “हरियाणा अर्थक्वेक मक ड्रिल” शब्द प्रयोग गरी युट्युबमा खोज्यौँ ।

टिकटक प्रयोगकर्ता @kingarjun82 ले हरियाणाको एक विद्यालयमा गरिएको भुकम्पबाट बच्ने अभ्यासका भिडियो क्लिपहरू प्रयोग गरी उक्त सामग्री बनाएको पत्ता लगायौँ । ट्युब क्रलर नामक रमाइलो भिडियोहरू शेयर गर्ने युट्युब च्यानलले ले १४ मिनेटको भिडियो २०७४ साल पुस १० गते पोस्ट गरेको रहेछ। युट्युबमा थप खोजी गर्दा उत्तर भारतको हरियाणा राज्यको भिवानी जिल्लाको केएम पब्लिक स्कूलले जनचेतनाका लागि भुकम्म सम्बन्धी सो अभ्यास सञ्चालन गरेको पाइयो।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष


सामाजिक सञ्जाल प्रयोगकर्ताभ्रामक
भारतीय विदेश सचिव विनयमाेहन क्वात्राले गठबन्धनका नेतालाई एक ठाउँमा राखेर लेक्चर दिएकाे तस्बिर सामाजिक सञ्जालमा गरिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।