संसद्‍मा महिला हिंसाविरुद्ध महिला सांसदले आवाज नउठाएकाे  पाेखरेलकाे दाबी गलत

राधा पाेखरेलले नेपाल खबरलाई दिएकाे अन्तरवार्ताकाे स्क्रिनसट

आसन्न स‌ंघीय निर्वाचनमा प्रतिनिधिसभाकाे सदस्यका लागि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी घाेषणा गर्ने क्रम बढ्दाे छ । यसै सिलसिलामा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले काठमाडाैँ क्षेत्र नं ४ बाट चुनाव लड्ने घाेषणा गरेकी छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई लड्ने तयारीमा छन् । (पाेखरेलसँग नेपाल खबरले लिएकाे अन्तर्वार्ताकाे युट्युब लिङ्क)

गत भदाै २९ गते नेपाल खबरलाई दिएकाे अन्तर्वार्तामा स्वतन्त्र उम्मेदवारीकाे घाेषणा गरेकी पाेखरेलले भनिन् :

आज आधा आकाश ढाक्ने नारीहरू छन् । हत्या हिंसादेखि लिएर रेपका कुराहरू कति धेरै आइरहन्छन् । यस्ता कुराहरूचाहिँ अहिलेसम्म पनि संसद्‍मा महिला सांसदले कसैले पनि [आवाज] नउठाएकाले यी सबैकाे प्रतिनिधित्व गर्दै म संसद्‍मा हुनेछु ।

राधा पाेखरेल

नेपाल चेकले गरेकाे तथ्य जाँचमा पाेखरेलकाे दाबी गलत फेला परेकाे छ । 

प्रतिनिधिसभामा महिला सांसदहरूले महिला हिंसा सम्बन्धी प्रश्न उठाएका केही उदाहरण हेराैँ ।

  • संघीय संसद्काे पहिलाे अधिवेशन २०७४ साल फागुन २१ गते सुरु भयाे । एक महिनापछि अन्त्य भएकाे साे अधिवेशनमा तीनवटा विधेयक स्वीकृत भएका थिए । 

  • त्यसपछिकाे बर्खे अधिवेशनमा पूर्वमन्त्री रेखा शर्मा लगायतका सांसदले असार २०७४ साल असार २९ गते प्रतिनिधिसभामा बाेल्दै महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका थिए ।

  • २०७५ साल साउन १३ गते प्रतिनिधिसभामा बाेल्दै महिला सांसदहरुले कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी किशाेरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन जाेडदार माग गरेका थिए ।

  • २०७५ साल साउन २१ गते प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै सांसद समिना हुसैनले महिलामाथि बलात्कार हिंसा र हत्याका घटनाहरू अत्यधिक हुँदै गएकाले महिला हिंसा न्यूनीकरणका लागि सम्बन्धित निकायले के काम कारबाही गर्दै छ भनी जानकारी मागेकी थिइन् ।

  • २०७५ साल भदाै ८ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले महिला हिंसाविरुद्धकाे हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए । संकल्प प्रस्तावमा महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न माग गरिएकाे थियाे । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा लगायत २२ सांसदले उक्त प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराएका थिए ।

  • २०७५ साल भदाै २८ गते प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै महिला सांसदहरू विन्दा पाण्डे, शान्ता चाैधरी, सरवत आरा खानम, सीतादेवी यादव, सुजाता काेइराला, सुजाता परियार लगायतले पन्त हत्याका दाेषी पत्ता लगाउन नसकेकामा सरकारकाे आलाेचना गरेका थिए ।

  • २०७५ साल भदाै ३१ गते सांसद मनिताकुमारी चाैधरीले देशमा हत्या बलात्कारकाे शृङ्खला चलिरहेकाे बताउँदै सरकारले निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन नसकेकाे बताइन् । “के सरकार कुम्भकर्णजस्तै सुतेकाे हाे त?” उनले साेधिन् । साेही दिन संसद्‍मा प्रमिला राईले पनि पन्तकाे हत्या सम्बन्धी अनुसन्धान नभएकामा सरकारकाे ध्यानाकर्षण गराइन् ।

  • २०७९ साल असार १ गतेकाे प्रतिनिधिसभाकाे बैठकमा बलात्कारपीडित निहारिका राजपुतलाई न्याय दिलाउन सा‌ंसद थममाया थापालेे माग गरेकी थिइन् ।

  • चार वर्ष बितिसक्दा पनि निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेकाे भनी २०७९ साल साउन १० गते प्रतिनिधिसभामा गंगा चाैधरी लगायत सांसदले सरकारकाे ध्यानाकर्षण गराएका थिए ।

मुलुकमा महिलामाथि बढ्दाे हिंसासँगै संसद्‍मा महिला सांसदले पटकपटक आवाज उठाएकाे माथिकाे समयरेखाबाट प्रस्ट हुन्छ । निर्मला पन्तकाे बलात्कारपछि हत्या र त्यससँगै उठेकाे आन्दाेलनका कारण याे मुद्दा संसद्‍मा जाेडदार रूपमा उठेकाे फेला परेकाे छ ।

तसर्थ काठमाडाैँ क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने घाेषणा गरेकी राधा पाेखरेलकाे दाबी गलत ठहर्छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
महिला सांसदले संसद्‍मा महिला हिंसा सम्बन्धी आवाज उठाएका छैनन् ।राधा पाेखरेल
गलत
संसदमा महिला सांसदहरुले महिला हिंसासम्बन्धी प्रश्न नउठाएकाे भन्ने आगामी संसदीय निर्वाचनमा उम्मेद्वार बन्ने घाेषणा गरेकी राधा पाेखरेलकाे दाबीमाथि तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।