देउवा सरकार गठनपछि नेपालले भारतलाई बिजुली बेच्न सफल भएकाे भन्ने दाबीमा घिसिङले सन्दर्भ लुकाए 

नेपाल विद्युत प्राधिकरणकाे ३७ औँ वार्षिकाेत्सवमा सम्बाेधन गर्दै कुलमान घिसिङ

गत भदाै १ गते नेपाल विद्युत प्राधिकरणकाे ३७ औँ वार्षिकाेत्सवमा बाेल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्तमान गठबन्धन सरकार बनेपछि नेपालले भारतलाई बिजुली बेच्न सफल भएकाे दाबी गरेका थिए ।

काठमाडाैँकाे एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनी चर्चा गरिएका घिसिङकाे दाबीमाथि नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।

सबैभन्दा पहिला उनकाे भाषणकाे उक्त अंश हेराैँ (युट्युबमा हेर्नुहाेस्, १: ३२: ५० देखि  १:३३:२४ सम्म) :

सम्माननिय प्रधानमन्त्री, माननिय मन्त्रीज्युकाे जुन यसपालिकाे आगमनसँगै हामीले विद्युत ब्यापार गर्न सफल भयाैँ । एउटा सानाे कुरा, जिल (जाेश) काे कुराले पनि ठूलाे काम गर्छ । एउटा सानाे कुरा भयाे भन्दैमा चिन्ता गरिरहनु पर्छ जस्ताे लाग्दैन । याे शुरुवात हाे । शुरुवातका दिनमा केही शुभ संकेत देखाएका छाैँ । अब आगामी दिनमा धेरै राम्राे बन्दै जानेछ ।

कुलमान घिसिङ

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने आदेश गरेपछि २०७८ साल असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । साेही दिन उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रीमा माओवादी नेता पम्फा भुसाल नियुक्त भइन् । 

नेपालले भारतलाई बिजुली बेच्ने अभियानकाे इतिहास झण्डै दुई दशक लामाे भएपनि त्यसका लागि आवश्यक विद्युत ब्यापार सम्झाैताले भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले २०७१ साल साउन ३ मा नेपालकाे भ्रमण गरेपछि गति लिएकाे हाे ।

२०७१ सालदेखि यता भारतलाई बिजुली बेच्नका लागि नेपालले गरेकाे प्रयासकाे समय रेखा यस्ताे छ ।

  • नेपालका तत्कालीन प्रधानमन्त्री सुशील काेइरालाकाे निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी २०७१ साल साउन ३ गते नेपालकाे दुई दिने भ्रमणमा आएका थिए । उनकाे भ्रमणपछि दुई देशकाे सम्बन्ध सुध्रिने संकेतहरु देखिएका थिए । 

  • २०७१ साल भदाै १९ गते भारतकाे राजधानी नयाँ दिल्लीमा दुई देशबीच विद्युत ब्यापार सम्झाैतामा प्रारम्भिक हस्ताक्षर भयाे । 

  • २०७१ साल कात्तिक ११ गते नेपाल र भारतबीच विद्युत ब्यापार सम्झाैतामा काठमाडाैँमा अन्तिम हस्ताक्षर भयाे कान्तिपुरमा प्रकाशित समाचार अनुसार उक्त सम्झाैताले नेपालमा उत्पादित बिजुली भारतमा विक्री गर्ने ढाेका खाेलेकाे थियाे । 

  • २०७२ फागुन ८ गते भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र माेदीले स‌ंयुक्त रुपमा स्वीच थिचेर ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनकाे उद्घाटन गरे । नेपालले भारतमा ठूलाे परिमाणमा बिजुली निर्यात वा आयात गर्न याे प्रसारण लाइन बन्नु जरुरी थियाे । 

  • २०७३ साल फागुन पहिलाे साता विद्युत ब्यापार सम्झाैता कार्यान्वयन गर्ने विषयमा नेपाल र भारतका उर्जा मन्त्रालयका अधिकारीबीच वार्ता भएकाे थियाे । बैठकमा दुई देशका सरकारी अधिकारी सम्मिलित संयुक्त कार्य सम्पादन समितिले गरेका निर्णयलाई अनुमाेदन गर्दै द्विपक्षीय सहयाेगलाई गति दिने सहमति भएकाे थियाे । 

  • नेपाली टाेलीकाे नेतृत्व गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०७५ साल असार २१-२२ मा नयाँ दिल्लीमा भारतीय टाेलीसँग गरेकाे बैठकमा विद्युत ब्यापारकाे माेडालिटी लगायत विषयमा छलफल भएकाे थियाे । 

  • २०७५ साल माघ ९ गते पाेखरामा भएकाे नेपाल-भारत बीचकाे सहसचिव स्तरीय बैठकमा उर्जा बैंकिङ लगायतका विषयमा दुई देशका अधिकारीहरुबीच छलफल भएकाे थियाे ।  उक्त बैठकमा नेपालले राखेकाे उर्जा बैंकिङकाे प्रस्तावमा भारतले सहमति जनाएकाे थियाे । 

  • २०७७ साल मंसिर २६-२६ गते बसेकाे उर्जा सचिव सहसचिव स्तरीय स‌ंयुक्त कार्यदलकाे बैठकमा अन्तरदेशीय प्रसारण लाइन, विद्युत ब्यापार र उर्जा बैंकिङ सम्बन्धी छलफल भएकाे थियाे । 

  • २०७७ साल पुसमा विद्युत नियमन आयाेगले प्राधिकरणलाई शर्तसहित बिजुली भारतलाई बेच्न अनुमति दिएकाे थियाे । त्यस अघि नै नेपाल सरकारकाे मन्त्रिपरिषद बैठकले प्राधिकरणलाई बिजुली निर्यात गर्ने अनुमति दिएकाे थियाे ।

  • २०७७ साल माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाकाे ढल्केबरमा निर्मित ४०० र २२० केभी ढल्केबर सब स्टेसनकाे उद्घाटन गरे । उक्त सब स्टेसन चालु भएपछि करीब १००० मेगावाट बिजुली ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आदान प्रदान गर्न सम्भव भएकाे थियाे । 

  • २०७७ फागुनमा भारतले विद्युत ब्यापार सम्झाैता गरेका मुलुकले भारतीय कम्पनीमार्फत बिजुली आयातनिर्यात गर्न पाउने गरी अन्तरदेशीय विद्युत आयात निर्यात कार्यविधि जारी गरेकाे थियाे । उक्त कार्यविधि जारी भएपछि भारतसँग विद्युत ब्यापार गर्न नेपाललाई सहज भएकाे थियाे । 

  • सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने आदेश गरेपछि २०७८ साल असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • २०७८ साल कात्तिक १५ गते भारतले केन्द्रीय विद्युत नियमन आयाेगकाे इण्डियन इनर्जी एक्सचेञ्ज अन्तर्गत नेपाललाई बिजुली निर्यात गर्ने अनुमति दियाे । त्यस अघिसम्म नेपालमा बढी भएकाे बिजुली भारतले पैँचाेकाे रुपमा लिने गरेकाे थियाे ।

  • प्रधानमन्त्री शेरबहादुर देउवा २०७९ साल चैत १८-२० भारतकाे ‌औपचारिक भ्रमण गरेका थिए । त्यस क्रममा नेपाल-भारतबीच उर्जा क्षेत्रमा स‌ंयुक्त दृष्टिकाेण पत्र जारी भयाे । यसपछि भने भारतसँगकाे विद्युत ब्यापारले ‌‍‍औपचारिकता पायाे । 

निष्कर्ष

माथिकाे समय रेखाबाट प्रष्ट हुन्छ, वर्तमान सरकार गठन भएपछि औपचारिक रुपमा शुरु भएकाे भारतसँगकाे बिजुलीकाे ब्यापारका पछाडि कम्तिमा दशक लामाे इतिहास छ । नेपाल-भारत बीच अनेकाैँ चरणमा वार्ता भएका छन् । ती वार्ता सुशील काेइराला नेतृत्वकाे सरकारदेखि केपी ओली नेतृत्वकाे सरकारका पालामा भएका थिए । 

तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी सन्दर्भहरु र पृष्ठभूमि लुकाएका छन् । उनले झण्डै आधा घन्टाकाे आफ्नाे मन्तव्यमा भारतसँगकाे बिजुली ब्यापारका लागि सम्पूर्ण जस शेरबहादुर देउवा नेतृत्वकाे सरकार र उर्जा मन्त्री पम्फा भुसाललाई दिएका छन् । तसर्थ उनकाे दाबीमा सन्दर्भ लुकाइएकाे हाम्राे ठहर छ  ।

        दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
        प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जा मन्त्री पम्फा भुसालकाे आगमनसँगै भारतसँग विद्युत ब्यापार गर्न सफल भएकाे ।नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसन्दर्भ लुकाइएकाे
        प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जा मन्त्री पम्फा भुसालकाे आगमनसँगै भारतसँग विद्युत ब्यापार गर्न सफल भएकाे भन्ने कुलमान घिसिङकाे दाबीमाथि सत्यापन गरेपछि नेपाल चेककाे निष्कर्ष ।