आफ्नाे कार्यकालमा थपिएकाे बिजुली सम्बन्धी मन्त्री भुसालकाे दाबी गलत

मन्त्रालय सम्हालेकाे एक वर्षपछि ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले गत भदाै १२ गते आफूले मन्त्रालयकाे जिम्मेवारी लिएपछि हासिल गरेका उपलब्धि भन्दै आफ्ना मन्त्रालयसँग सम्बन्धित विभिन्न तथ्यांक सार्वजनिक गरिन् । उनले पत्रकार सम्मेलनकाे आयाेजना गरी आफ्नाे कार्यकालमा विद्युत् उत्पादन उल्लेख्य रूपमा बढेकाे, प्रसारण लाइन थपिएकाे, समग्र विद्युत् महसुल दर घटाइएकाे, भारतसँग विद्युत व्यापार सम्झाैता गरिएकाे लगायतका दाबी गरेकी थिइन् । 

मन्त्री भुसालले उक्त कार्यक्रममा पेस गरेका तथ्यांकमध्ये केहीलाई आकर्षक इन्फाेग्राफिक्स बनाई पम्फा भुसाल समर्थक र साेही नाममा अंग्रेजीमा खाेलिएकाे फेसबुक पेजमा सेयर गरिएकाे थियाे । भदाै २२ गते पम्फा भुसाल समर्थक पेजमा “पम्फा दिदीले ऊर्जा जलस्राेत र सिँचाइ मन्त्रालय सम्हालेबाट भएका केही सराहनीय कामहरू” भन्दै इन्फाेग्राफिक्स सेयर गरिएकाे थियाे । तिनै सामग्री भदाै २३ गते Pampha Bhusal Supporters फेसबुक पेजमा समेत सेयर गरिएकाे थियाे ।

भुसालकाे तस्बिरसहितकाे आकर्षक इन्फाेग्राफिक्सकाे शीर्षक छ : “जनताकाे ऊर्जा सम्बन्धी हरेक समस्या कम गर्ने पम्फा दिदीकाे प्रतिबद्धता ।” साे ग्राफिकका दुई तथ्यांकमध्ये एउटामा भनिएकाे छ : “विद्युतकाे कुल जडित क्षमता १५२८ मेगावाटबाट बढेर २२६९ मेगावाट पुगेकाे ।”

साे इन्फाेग्राफिकमा भुसालकाे कार्यकालमा ७४१ मेगावाट बिजुली थपिएकाे दाबी गरिएकाे छ ।

भुसाल ऊर्जामन्त्री भएयता नेपालकाे कुल विद्युत उत्पादन क्षमता १५२८ बाट २२६९ पुगेकाे भन्ने दाबीकाे हामीले तथ्य जाँच गरेका छाैँ । 

हामीले गरेकाे तथ्य जाँचमा उनकाे कार्यकाल (उनी मन्त्री नियुक्त भएदेखि पत्रकार सम्मेलन गरेसम्म) मा कुल ६५७ मेगावाट मात्र बिजुली उत्पादन क्षमता (जडित क्षमता) थप भएकाे पाइएकाे छ । 

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने आदेश गरेपछि २०७८ साल असार २९ गते शेरबहादुर देउवाकाे नेतृत्वमा गठबन्धन सरकार बनेकाे थियाे । साेही दिन ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्रीमा माओवादी नेता पम्फा भुसाल नियुक्त भइन् । 

भुसाल मन्त्री नियुक्त हुनुभन्दा एक साताअघि २०७८ साल असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  ४५६ मेगावाटकाे हालसम्मकै सबैभन्दा ठूलाे माथिल्लाे तामाकाेसी जलविद्युत् आयाेजनाकाे उद्घाटन गरेका थिए । उक्त दिनमा आयाेजनाकाे परीक्षणकाल सुरु भई पहिलाे युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु भएकाे थियाे । तर त्यसमध्येकाे ७६ मेगावाट उत्पादन उनी मन्त्री नहुँदै सुरु भएकाे थियाे ।

भुसालकाे कार्यकालमा ७४१ मेगावाट विद्युत् थप भएकाे भनी गरेकाे दाबीमा माथिल्लाे तामाकाेसी आयाेजनाबाट उत्पादित ४५६ मेगावाट समेत जाेडिएकाे छ । वास्तवमा उनकाे कार्यकालमा ७४१ मेगावाट थप भएकाे हाेइन, ६५३ मेगावाट जलविद्युत् र ४ मेगावाट साैर्य ऊर्जा गरी कुल ६५७ मात्र जडित विद्युत् थप भएकाे हाे । याे तथ्यांक विद्युत् विकास विभागकाे वेबसाइटबाट लिएर विश्लेषण गरी तयार गरिएकाे हाे (हेर्नुहाेस्, टेबल) । तथ्यांक असाेज २४ गते अद्यावधिक गरिएकाे हाे । 

विद्युत् आयाेजनाकाे प्रकारकुल जडित क्षमता स्राेत
१ मेगावाटभन्दा कम (जलविद्युत्)१३.२३२ मेगावाटhttps://www.doed.gov.np/license/53 
१ मेगावाटभन्दा बढी (जलविद्युत्)२०७५.८१३https://www.doed.gov.np/license/54 
थर्मल५३.४१ मेगावाटhttps://www.doed.gov.np/license/55 
साैर्य ऊर्जा२४.१८ मेगावाटhttps://www.doed.gov.np/license/56 
वायुhttps://www.doed.gov.np/license/57 
बायाेमासhttps://www.doed.gov.np/license/58 
सह उत्पादन३ मेगावाटhttps://www.doed.gov.np/license/59 
कुल २१८०.६३ मेगावाट
मन्त्री भुसालकाे दाबीमा कुल जडित क्षमता२२६९ मेगावाट
फरक८९ मेगावाट
उक्त अवधिमा मन्त्री भुसालले दाबी गरेभन्दा ८९ मेगावाट कम विद्युत जडित क्षमता रहेकाे नेपाल चेककाे विश्लेषण छ ।
मन्त्री भुसालकाे कार्यकालमा सुरु विद्युत् आयाेजना जडित क्षमता
१ मेगावाटभन्दा कम (जलविद्युत्)
१ मेगावाटभन्दा बढी (जलविद्युत्)६५३ मेगावाट
थर्मल
साैर्य ऊर्जा४ मेगावाट
वायु
बायाेमास
सह उत्पादन
भुसाल मन्त्री भएदेखि असाेज २४ गतेसम्म थपिएकाे विद्युत् ६५७ मेगावाट
भुसाल मन्त्री भएकाे मिति २०७८ असार २९ देखि पत्रकार सम्मेलनकाे मिति २०७९ असाेज २४ गते सम्मकाे तथ्यांक
स्राेत: विद्युत विकास विभाग ।

गत असार महिनाकाे अन्त्यसम्मकाे विद्युत् थपकाे विवरण राखिएकाे नेपाल विद्युत् प्राधिकरणकाे भदाै १ मा सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार त्यसबेलासम्म नेपालकाे जडित क्षमता २१९० मेगावाट मात्र थियाे ।  

हामीले विद्युत् विकास विभागले प्रकाशित गरेकाे तथ्यांकलाई भुसाल मन्त्री भएकाे दिन २०७८ असार २९ गतेदेखि उनले आफूले एक वर्ष भन्दा बढी अवधिमा गरेकाे उपलब्धि भन्दै गरेकाे पत्रकार सम्मेलन (२०७९ भदाै १२ गते) काे अविधिकाे विद्युत् उत्पादन क्षमताकाे हिसाब गर्‍यौं ।  हामीले गरेकाे हिसाब अनुसार मन्त्री भुसालले उल्लेख गरेकाे अवधिमा ७४१ मेगावाट हाेइन, ६५७ मेगावाट थप भएकाे हाे । तसर्थ  ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालकाे दाबी गलत छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष

आफू मन्त्री भएकाे अवधिमा ७४१ मेगावाट बिजुली उत्पादन क्षमता थपिएकाे 

ऊर्जामन्त्री पम्फा भुसाल
गलत
आफ्नाे कार्यकालमा विद्युत्‌काे कुल जडित क्षमता १५२८ मेगावाटबाट बढेर २२६९ मेगावाट पुगेकाे भनी ऊर्जामन्त्री पम्फा भुसालले गरेकाे दाबीमाथि तथ्यजाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।