भारतीय तथ्य जाँचकीले प्रकाशित गरेकाे भन्दै नेपालमा भाइरल सामग्री भ्रामक 

सामाजिक सञ्जालमा भाइरल स्क्रिनसट

अहिले सामाजिक सञ्जाल ट्विटरमा भारतीय तथ्य जाँचकी संस्था विश्वास न्यूजकाे तथ्य जाँच भन्दै  नेपालकाे आम निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे पल्ला भारी भएकाे र केपी ओलीलाई राेक्न भारतबाट स्पेसल टास्क फाेर्स नेपाल आएकाे भन्ने एउटा सामग्री (स्क्रिनसट) भाइरल भएकाे छ । ट्विटर प्रयाेगकर्ता ‘@sunsaribaraha’ ले मंसिर १ गते भारतीय तथ्य जाँचकी विश्वास न्यूजकाे जस्ताे देखिने स्क्रिनसट सेयर गर्दै लेखेका छन्, “याे के हाे ? देश र एमालेविरुद्ध के गर्न खाेजिँदै छ ? यसकाे जिम्मेवारी कसले लिने ? केपी ओली र एमाले राेक्न भारतीय फाैज परिचालन गरिँदैछ हाे ?” 

स्क्रिनसटमा “Fact Check : केपी ओलीकी चुनावी पल्ला भारी : नेपाल पहुँची भारतीय स्पैशल टॉस्क फोर्स” शीर्षक छ । उक्त सामग्रीमा यस्ताे लेखिएकाे छ : 

नई दिल्ली (विश्वास न्युज)। नेपाल मे हो रही इलेक्सन मे प्रचण्ड देउवा गठबन्धन की कमजोर आँकडेको मध्यनजर भारत ने गुप्त रूप मे काम करने एक स्पैशल टीम नेपाल भेजी है। भारत किसी भी किमत पर ओलीको सरकार में आने से रोकने की कोशिश में है। भारत ने ५ पार्टीयों को मिलाकर देउवा सरकार बनाया था और भारत चाहता है कि यह गठबन्धन ही अगली सरकार बनाए। कुछ समय पहले प्रचण्ड और देउवा पत्नी आरजु राणा भारत दौड मे आए और नागरिकता विधेयक और सीमा सम्बन्धी विवादको भारत के मुताबिक सुलह करने कि प्रतिज्ञा की। प्रचण्ड नेपाल लौटते ही देउवा सरकार नागरिकता विधेयक आगे बड़ाई परन्तु औलीकी नजदिक राष्ट्रपनि भण्डारी ने उसे रोक दी। विश्वास न्यूज ने अपनी पड़ताल में पाया कि अगली सरकार केपी ओलीकी होगी। भारत अपने मुताविक नागरिकता विधेयक और कालापानी लिपुलेक सीमा विवाद सुलह करना चाहती है और इस के लिए देउवा प्रचण्ड की सरकार जरुरी है।

शीर्षककाे तलपट्टि “updated: November 17, 2022” लेखिएकाे देखिन्छ । त्यस्तै, स्क्रिनसटकाे दायाँतिर “Fact Check: जबलपुर मेखला रिजॉर्ट में युवती की हत्या करने का आरोपी भी उसी के समुदाय का है, भ्रामक दावा वायरल” र “Fact Check : शिवराजसिंह चौहान के पुराने वीडियो के साथ छेड़छाड़ करके किया जा रहा है वायरल” शीर्षकका दुईवटा तथ्य जाँच देखिन्छ । स्क्रिनसटकाे तल आधा काटिएकाे पाँचवटा अक्षर देखिन्छ । त्यसैगरी प्रकाशित सामग्रीलाई सिधै सेयर गर्नका लागि वेबपेजमा राखिने फेसबुक, ट्विटर, ह्वाट्स्यापकाे आइकन एउटा लाइनमा र ठीक त्यसैकाे तल लिङ्क्डइन, मेसेन्जर र इन्स्टाग्रामकाे आइकन अर्काे लाइनमा देखिन्छ । भाइरल सामग्रीमा केही भाषिक अशुद्धता छ । जस्ताे “राष्ट्रपति” लाई “राष्ट्रपनि”, “ओली” लाई कतै ओली लेखिएकाे छ भने कतै “औली” लेखिएकाे छ । 

तथ्य जाँच 

तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले विश्वास न्यूज हेर्‍यौं । भाइरल भएकाे स्क्रिनसट र विश्वास न्यूजकाे आधिकारिक वेबसाइट उस्तै देखिएपछि हामीले भाइरल भएकाे स्क्रिनसटकाे शीर्षक राखेर गुगलमा सर्च गर्‍यौं । तर त्यसमा भनिएजस्ताे सामग्री भेटिएन । त्यसपछि हामीले मंसिर १ गते विश्वास न्यूजले प्रकाशित गरेका तथ्य जाँच हेर्‍यौं । त्यस दिन विश्वास न्युजले जम्मा छवटा तथ्य जाँच प्रकाशित गरेकाे रहेछ । तर ती छवटै तथ्य जाँचमा भाइरल भएकाे स्क्रिनसटमा जस्ताे ‘निर्वाचन प्रभावित गर्न भारतीय स्पेसल टास्क फाेर्स नेपाल आएकाे’ भन्ने छैन । 

विश्वास न्यूजका फ्याक्ट चेक रिपाेर्ट दाेहाेर्‍याएर हेर्दा अधिकांशमा शीर्षकपछि लगत्तै कुनै न कुनै फाेटाे राखिएकाे पायाैँ । तर भाइरल स्क्रिनसटमा शीर्षकपछि कुनै फाेटाे नराखी सिधै सामग्री छ । त्यसैगरी भाइरल स्क्रिनसटमा आधा देखिएकाे पाँच अक्षर हेर्दा मंसिर ३ गते प्रकाशित छमध्ये दुईवटा तथ्य जाँच (लिंक १, लिंक २) मा “क्या हाे रहा हे वायरल” लेखेकाे भेटियाे । यसबाट ती दुईमध्ये एउटाकाे स्क्रिनसट लिएर फाेटाेसप गरिएकाे हुनसक्ने अनुमान गर्न सकिन्छ । 

त्यसैगरी विश्वास न्यूजकाे वेबसाइटमा सिधै सेयरका लागि राखिएकाे छवटा आइकन पनि एउटै लाइनमा रहेकाे पायाैँ । जुन भाइरल स्क्रिनसटमा दुईवटा लाइनमा छन् ।  यसले पनि भाइरल स्क्रिनसट फाेटाेसप गरिएकाे हाे भन्ने देखाउँछ । 

त्यसपछि हामीले यस विषयमा बुझ्न विश्वास न्यूजसँग उसकाे वेबसाइटमा राखिएकाे ह्वाट्स्याप नम्बरबाट सम्पर्क गर्‍यौं । हामीले भाइरल ट्विटकाे लिङ्क पठाएर यस सम्बन्धमा बुझ्दा विश्वास न्यूजले त्याे सामग्री आफ्नाे नभएकाे जानकारी दियाे ।

विश्वास न्यूजले ट्वीटरमा साे सामग्री आफुले प्रकाशित नगरेकाे जनाएकाे छ ।

विश्वास न्यूजकाे कुनै एउटा फ्याक्ट चेककाे स्क्रिनसट लिएर त्यसलाई फाेटाेसपबाट ताेडमराेड गरी निर्वाचनका बेला भ्रम फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा सेयर गरिएकाे नेपाल चेककाे निष्कर्ष छ । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष

नेपालकाे निर्वाचनलाई प्रभावित पार्न भारतीय स्पेसल टास्क फाेर्स नेपाल आएकाे भनी भारतीय विश्वास न्यूजले फ्याक्ट चेक प्रकाशित गरेकाे । 
सामाजिक सञ्जाल प्रयोगकर्ताभ्रामक
नेपालकाे निर्वाचनलाई प्रभावित पार्न भारतीय स्पेसल टास्क फाेर्स नेपाल आएकाे भन्ने सामग्री भारतीय तथ्य जाँचकी संस्था विश्वास न्यूजले प्रकाशित गरेकाे भन्ने दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष