निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सम्बन्धित प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिव सहितको टोलीले सबै प्रदेशका राजधानीस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने व्यवस्था छ
आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै प्रादेशिक सरकार गठनको कसरत पनि शुरु भएको छ ।
यस आलेखमा प्रदेशमा राजनीतिक दलहरुले समानुपातिक र पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत प्राप्त गरेको संख्या र सरकार गठनका लागि आवश्यक सदस्य संख्या तथा हालको सत्ता गठबन्धन कायम रहेको अवस्थामा सम्भावित सरकार गठन सम्बन्धी चर्चा गरिएको छ ।
प्रदेश १
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने ५६ जना र समानुपातिक निर्वाचन प्रणाली निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने ३७ सदस्य गरी प्रदेश १ को प्रदेशसभामा जम्मा ९३ जना सदस्य छन् । सरकारको नेतृत्व गर्ने दलले न्युनतम् ४७ प्रदेशसभा सदस्यको समर्थन प्राप्त गर्नु पर्नेछ । सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका कुल संख्या ४६ हुने भएकोले एक मात्र सदस्य रहेको जनता समाजवादी पार्टी सरकार गठनका लागि निर्णयक हुने देखिन्छ । यसका अलावा एमालेले सत्ता गठबन्धन बाहिर रहेका सबै दलहरुको समर्थन जुटाएर सरकार बनाउने सम्भावना उत्तिकै बलियो देखिन्छ ।
प्रदेश १ काे प्रदेशसभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेकपा (एमाले) | २५ | १५ | ४० |
नेपाली कांग्रेस | १७ | १२ | २९ |
नेकपा (माओवादी केन्द्र) | ९ | ४ | १३ |
नेकपा (एकीकृत समाजवादी | ३ | १ | ४ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | २ | ४ | ६ |
जनता समाजवादी पार्टी | — | १ | १ |
कुल संख्या | ५६ | ३७ | ९३ |
मधेस प्रदेश
मधेस प्रदेशमा जम्मा १०७ प्रदेश सभा सदस्यहरु छन् । उनीहरु मध्ये ६४ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित हुने तथा ३९ जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने व्यवस्था छ । मधेस प्रदेशको सरकारको नेतृत्व गर्ने दलले आफ्नो पक्षमा कम्तिमा ५४ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त गर्नु पर्नेछ । हालकाे सत्ता गठबन्धन कायम रहेमा समेत उनीहरु एक्लैले सरकार गठन गर्नसक्ने अवस्था छैन । नेपाली कांग्रेस वा नेकपा (एमाले) ले अन्य दलसँग गठबन्धन गरेर मधेस प्रदेश सरकारको नेतृत्व गर्नसक्ने देखिन्छ । यसका लागि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले मधेस प्रदेश सभामा १३ सदस्य रहेको जनमत पार्टीसँग संवाद अघि बढाइसकेको छ ।
मधेश प्रदेशकाे प्रदेशसभामा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेपाली कांग्रेस | १३ | ९ | २२ |
नेकपा (एमाले) | १५ | ८ | २३ |
जनमत पार्टी | ६ | ७ | १३ |
जनता समाजवादी पार्टी | ९ | ७ | १६ |
नेकपा (माओवादी केन्द्र) | ४ | ४ | ८ |
नेकपा (एकीकृत समाजवादी) | ४ | ३ | ७ |
लोकतान्त्रिक समाजवादी पार्टी | ७ | २ | ९ |
नेपाल संघीय समाजवादी पार्टी | — | १ | १ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | — | १ | १ |
नागरिक उन्मुक्ति पार्टी | — | १ | १ |
स्वतन्त्र | ६ | ६ | |
जम्मा | ६४ | ४३ | १०७ |
बागमती प्रदेश
संघीय सरकारको राजधानी समेत रहेको बागमती प्रदेशमा कुल ११० प्रदेश सदस्य छन् । यी मध्ये ६६ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट र ४४ जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत विजयी भएका हुन् । यस प्रदेशमा नेतृत्व गर्न चाहने दलले न्युनतम् ५६ जना प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त गर्नु पर्नेछ । यो प्रदेशमा प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा नेपाल संलग्न सत्ता गठबन्धनलाई सुबिधाजनक बहुमत उपलब्ध छ ।
वागमती प्रदेशकाे प्रदेश सभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेपाली कांग्रेस | २५ | १२ | ३७ |
नेकपा (माओवादी केन्द्र) | १४ | ७ | २१ |
नेकपा (एमाले) | १३ | १४ | २७ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | ७ | ६ | १३ |
नेकपा (एकीकृत समाजवादी) | ५ | २ | ७ |
नेपाल मजदुर किसान पार्टी | १ | २ | ३ |
हाम्रो नेपाली पार्टी | १ | १ | २ |
जम्मा संख्या | ६६ | ४४ | ११० |
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कुल ६० जना प्रदेश सदस्यहरु छन् । यी मध्ये ३६ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट र २४ जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भएका हुन् । यस प्रदेशमा नेतृत्व गर्न चाहने दलले न्युनतम् ३१ जना प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त गर्नु पर्नेछ । यो प्रदेशमा प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलहरु संलग्न सत्ता गठबन्धनलाई पर्याप्त बहुमत सदस्यहरुको समर्थन हुने देखिन्छ ।
गण्डकी प्रदेशकाे प्रदेशसभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेपाली कांग्रेस | १८ | ९ | २७ |
नेकपा (माओवादी केन्द्र) | ४ | ३ | ७ |
नेकपा (एमाले) | १२ | १० | २२ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | — | २ | २ |
नेपाल समाजवादी पार्टी | १ | — | १ |
स्वतन्त्र | १ | १ | |
जम्मा संख्या | ३६ | २४ | ६० |
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कुल ८७ जना प्रदेश सदस्यहरु रहेका छन् । यी मध्ये ५२ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट र ३५ जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भएका हुन् । यस प्रदेशमा नेतृत्व गर्न चाहने दलले न्युनतम् ४४ जना प्रदेश सभा सदस्यहरुको समर्थन प्राप्त गर्नु पर्ने हुन्छ । यो प्रदेशमा प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा नेपाल संलग्न सत्ता गठबन्धनलाई पर्याप्त बहुमत सदस्यहरु नपुग्ने अवस्था छ । सत्ता गठबन्धनले अन्य दलको सहयोग जुटाउन नसकेको खण्डमा नेकपा (एमाले) ले आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने सम्भावना छ ।
लुम्बिनी प्रदेशकाे प्रदेशसभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेकपा (एमाले) | १८ | ११ | २९ |
नेपाली कांग्रेस | १७ | १० | २७ |
नेकपा (माओवादी केन्द्र) | ५ | ४ | ९ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | २ | २ | ४ |
जनता समाजवादी पार्टी | २ | १ | ३ |
लोकतान्त्रिक समाजवादी पार्टी | २ | १ | ३ |
नागरिक उन्मुक्ति पार्टी | २ | २ | ४ |
नेकपा (एकीकृत समाजवादी पार्टी) | — | १ | १ |
जनमत पार्टी | १ | २ | ३ |
राष्ट्रिय जनमोर्चा | — | १ | १ |
स्वतन्त्र | ३ | ३ | |
जम्मा संख्या | ५२ | ३५ | ८७ |
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कुल ४० जना प्रदेश सदस्यहरु छन् । यी मध्ये २४ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट र १६ जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत विजयी भएका हुन् । यस प्रदेशमा नेतृत्व गर्न चाहने दलले न्युनतम् २१ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त गर्नु पर्नेछ । यो प्रदेशमा प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत दलहरु संलग्न सत्ता गठबन्धनलाई पर्याप्त बहुमत सदस्यहरुको समर्थन उपलब्ध छ ।
कर्णाली प्रदेश सभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेपाली कांग्रेस | ९ | ५ | १४ |
नेकपा (माओवादी केन्द्र) | ९ | ४ | १३ |
नेकपा (एमाले) | ५ | ५ | १० |
राष्ट्रिय प्रजातन्त्र पार्टी | — | १ | १ |
नेकपा (एकीकृत समाजवादी) | — | १ | १ |
स्वतन्त्र | १ | — | १ |
जम्मा संख्या | २४ | १६ | ४० |
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कुल ५३ जना प्रदेश सदस्यहरु छन् । यी मध्ये ३२ जना पहिलो हुने निर्वाचित हुने प्रणालीबाट र २१ जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत विजयी भएका हुन् । यस प्रदेशमा नेतृत्व गर्न चाहने दलले न्युनतम् २७ जना प्रदेश सभा सदस्यहरुको समर्थन प्राप्त गर्नु पर्ने हुन्छ । यो प्रदेशमा प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा नेपाल संलग्न सत्ता गठबन्धनलाई पर्याप्त सदस्यहरुको समर्थन उपलब्ध छैन । सत्ता गठबन्धनले अन्य दलको सहयोग जुटाउन नसकेको खण्डमा नेकपा (एमाले) ले आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशकाे प्रदेश सभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपाति निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
नेकपा (एमाले) | १२ | ७ | १९ |
नेकपा (माओवादी केन्द्र) | ८ | ३ | ११ |
नेपाली कांग्रेस | ३ | ७ | १० |
नागरिक उन्मुक्ति पार्टी | ५ | २ | ७ |
नेकपा (एकीकृत समाजवादी) | ३ | १ | ४ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | — | १ | १ |
स्वतन्त्र | १ | १ | |
जम्मा संख्या | ३२ | २१ | ५३ |