
नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धन छाडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित सात दल र केही स्वतन्त्र सांसदकाे समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत *पुस १० गते प्रधानमन्त्री बने । ठूला भनिएका पार्टी र ती पार्टीका शीर्ष नेताहरूकाे नेतृत्वमा सरकारमा नजाने घाेषणा गरेका रवि लामिछाने भने प्रचण्ड नेतृत्वकाे सरकारमा उपप्रधान तथा गृहमन्त्री बने । शीतलनिवासमा लामिछानेले पुस ११ गते शपथ लिएसँगै साेही दिन सामाजिक सञ्जाल टिकटकमा लामिछानेकाे अडियाेसहितकाे एउटा भिडियाे भाइरल भयाे ।
भिडियाेमा लामिछानेकाे आवाज यस्ताे सुनिन्छ :
राजाकाे शासनसँग नडराएकाे, टाउकाकाे मूल्य ताेक्दासमेत पनि टाउकाे नझुकाएकाे । अन्याय नसहने, अत्याचारीकाे त सफाया गर्ने, विभेदकाे जराे उखेल्ने, दुष्कर्मकाे विरुद्ध धर्ती हल्लिने गरी शंखनाध गर्ने, गरिब असहाय निमुखा वर्गकाे तारणहार । घरबार नभएका दुई छाक पेटभरि खान नपुग्ने वर्गका भाग्यविधाता । श्रमिक, मजदुर, किसान र सारा विपन्नहरूका भराेसा र विश्वासकाे त्याे धराेहर प्रचण्ड तपाईं नै हाे ?
‘@rajanneupane01’ नामक टिकटक प्रयाेगकर्ताले पुस ११ गते टिकटकमा सेयर गरेकाे भिडियाेमा प्रचण्डलाई केही मानिसहरूले खादा लगाएकाे दृश्य छ । २० हजारभन्दा बढी पटक लाइक गरिएकाे साे भिडियाे तीन लाख २७ हजार पटक हेरिएकाे छ भने पाँच सयभन्दा बढी पटक सेयर गरिएकाे छ । त्यसैगरी साेही अडियाे प्रचण्डले प्रधानमन्त्रीकाे शपथ खाँदै गर्दाकाे, प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रवि लामिछाने सँगै रहेकाे केही तस्बिर राखेर ‘@krishnamgr62’ नामक टिकटक प्रयाेगकर्ताले पनि पुस १२ गते टिकटकमा पाेस्ट गर्दै लेखेका छन्, “माननीय गृहमन्त्री रवि लामिछानेकाे शब्दमा सम्माननीय प्रधानमन्त्री प्रचण्ड ।” उक्त भिडियाेमा २३ हजार बढी लाइक आएकाे छ भने तीन सयभन्दा बढी पटक सेयर भएकाे छ ।
याे अडियाे पुस १४ गतेसम्ममा करिब १०० भन्दा बढी अकाउन्टबाट प्रचण्डका पुराना तस्बिरहरूसहित फरक-फरक टिकटक बनाइएकाे छ ।
भाइरल भएकाे टिकटकमा प्रचण्डकाे प्रशंसा गरेकाे भनिएकाे सामग्रीकाे नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।
तथ्य जाँच
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले “rabi lamichhane on prachanda” किवर्ड राखेर युट्युब सर्च गर्यौं । यसपछि हामी ‘@PrajwolSubedi6575’ नामक युट्युब च्यानलमा २०७७ साउन १३ गते प्रकाशित ६ मिनेट लामाे भिडियाेमा पुग्याैं। उक्त भिडियाेमा हामीले भाइरल अडियाेकाे अगाडि र पछाडिकाे अंश भेट्याैं ।
त्यसमा लामिछानेले प्रचण्डका विगतका क्रियाकलापकाे प्रशंसा गर्दै प्रचण्डकाे आलाेचनासमेत गरेकाे भेटियाे ।

उक्त भिडियाेकाे पृष्ठभूमिमा सीधा कुरा जनतासँगकाे ‘ब्याकग्राउन्ड म्युजिक’ सुनिन्छ । त्यसैलाई आधार बनाएर हामीले यसकाे मूल भिडियाे खाेज्याैं । त्यसका लागि हामीले “रवि लामिछाने सीधा कुरा जनतासँग प्रचण्ड”, “सीधा कुरा जनतासँग प्रचण्ड”, “रवि लामिछाने प्रचण्ड” लगायतका किवर्ड राखेर युट्युबमा खाेज्याैं । तर यसले हामीलाई मूल भिडियाेसम्म पुर्याएन ।
त्यसपछि हामीले न्युज २४ नेपालकाे युट्युब च्यानलमा “सीधा कुरा जनतासँग” कार्यक्रमकाे थ्रेड खाेज्दै जाँदा २०७७ साल साउन ८ गते प्रसारित कार्यक्रमकाे ५६४ औं भागमा पुग्याैँ । भाइरल अडियाेकाे अंश सीधा कुरा जनतासँगकाे यही भाग (एपिसाेड) बाट लिइएकाे हामीले पायाैं ।
उक्त कार्यक्रममा लामिछानेले माओवादीकाे सशस्त्र विद्राेहप्रति लक्षित गर्दै भनेका छन् :
आफू मरेर याे देशकाे सुनाैलाे भविष्यकाे रेखा काेरिन्छ भने काेही बात छैन भनेर राताेताताे रगत याे धर्तीमा सुम्पिएका वीर सहिदहरूकाे बलिदान केका लागि थियाे ? जे आज हामीले देख्दै छाैं, त्यतिका लागि थियाे त ? आज म प्रचण्डजीकाे गाउँमा, ठाउँमा उभिएर उहाँकाे आलाेचना हाेइन, उहाँलाई केही कुरा स्मरण मात्र गराउन चाहन्छु । राजाकाे शासनसँग नडराएकाे, टाउकाकाे मूल्य ताेक्दासमेत पनि टाउकाे नझुकाएकाे । अन्याय नसहने, अत्याचारीकाे त सफाया गर्ने, विभेदकाे जराे उखेल्ने, दुष्कर्मकाे विरुद्ध धर्ती हल्लिने गरी शंखनाध गर्ने, गरिब, असहाय, निमुखा वर्गकाे तारणहार । घरबार नभएका दुई छाक पेटभरि खान नपुग्ने वर्गका भाग्यविधाता । श्रमिक, मजदुर, किसान र सारा विपन्नहरूका भराेसा र विश्वासकाे त्याे धराेहर प्रचण्ड तपाईं नै हाे ? अनि परिबन्दमा पारेर प्रधानमन्त्रीले शीतलनिवास पुर्याइएकाे भन्ने निरीह, भिजेकाे, हारेकाे, थाकेकाे, गलेकाे प्रचण्ड पनि तपाईं नै हाे ? कुनचाहिँ प्रचण्ड रियल हाे ? अब पनि छुट्टिएन भने समयले इतिहासमा गर्व गर्दैन, दु:ख व्यक्त गर्न सक्छ ।
रवि लामिछाने
सन्दर्भ के थियाे ?
२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचकाे एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकाे थियाे । तर, एकता भएकाे दुई वर्ष पुग्दा नपुग्दै २०७७ असार/साउनमा साे पार्टीभित्रकाे विवाद उत्कर्षमा पुगेकाे थियाे । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचकाे विवाद समाधान हुन नसक्दा उनीहरूबीच संवादहीनता थियाे । यसै सन्दर्भमा प्रचण्ड रातारात राष्ट्रपति निवास गएर केपी ओलीसँग सहमति गरेकाे भन्ने प्रचार भएपछि उनले आफू निकटका नेताहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले परिबन्दमा पारेर आफूलाई शीतलनिवास पुर्याएकाे बताएका थिए ।
रवि लामिछानेले यही प्रसङ्ग निकाल्दै “परिबन्दमा पारेर शीतलनिवास पुर्याएकाे भन्ने प्रचण्ड पनि तपाईं नै हाे ?” भन्दै उक्त कार्यक्रममा प्रश्न गरेका थिए । लामिछानेले उक्त कार्यक्रममा प्रचण्डकाे कमजाेरीलाई देखाउने अभिप्रायसहित सबलताकाे समेत चर्चा गरेका थिए । तर, भाइरल भिडियाेमा भने लामिछानेले प्रचण्डकाे कमजाेरीमाथि टिप्पणी गर्दै उनीमाथि प्रश्न गरेकाे सन्दर्भ लुकाइएकाे छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे प्रशंसा गरेकाे । | टिकटक प्रयोगकर्ता | सन्दर्भ लुकाइएकाे |
*यस तथ्य जाँचकाे मुल संस्करणमा विभिन्न अनुच्छेदमा उल्लेखित महिना पुस हुनुपर्नेमा मङ्सिर भएकाेले सच्याइएकाे छ ।