२०७४ सालकाे आम निर्वाचन र भर्खरै सम्पन्न आम निर्वाचनमा राजनीतिक परिदृष्य धेरै हदसम्म फरक रह्याे । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितकाे वाम गठबन्धन थियाे भने नेपाली कांग्रेस एक्लै निर्वाचन लडेकाे थियाे । तर यसपालि भने एकातर्फ एमाले नेतृत्वकाे र अर्काेतर्फ माओवादी केन्द्रसहितकाे कांग्रेस नेतृत्वकाे गठबन्धन बनाएर राजनीतिक दलहरुले निर्वाचनमा प्रतिस्पर्धा गरे । गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारकाे टुङ्गाे लगाएपछि केही राजनीतिकर्मीले पहिले निर्वाचन लड्दै आएकाे क्षेत्र छाडेर अन्यत्रबाट निर्वाचन लड्न पुगे भने कतिपय स्वतन्त्र उम्मेदवारले अघिल्लाे निर्वाचनमा उम्मेदवार बनेकाे क्षेत्रभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिए ।
गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा यस अघिकाे निर्वाचनमा आफू निर्वाचन लडेकाे प्रतिनिधिसभा क्षेत्र छाडेर नयाँ निर्वाचन क्षेत्रमा चुनाव लडेका नेताहरुका सम्बन्धमा हामीले यहाँ चर्चा गरेका छाैँ ।
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२०६४ सालकाे संविधानसभा निर्वाचनमा राेल्पा- २ र काठमाडाैँ- १० मा चुनाव लडी दुवै क्षेत्रबाट विजयी भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड दाेस्राे संविधानसभामा सिरहा -५ र काठमाडाैँ- १० मा निर्वाचन लडे । त्यसबेला उनी सिरहा- ५ मा मात्र विजयी भए । त्यसैगरी २०७४ सालकाे निर्वाचनमा चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा निर्वाचन लडेर विजयी भएका उनी यसपालि भने गाेर्खा क्षेत्र नम्बर २ मा निर्वाचन लडे । सञ्चारकर्मी रवि लामिछानेले चितवनमा प्रचण्डकाे क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्ड गाेर्खा पुगेका हुन् । यसअघि उक्त क्षेत्रमा हाल नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा बाबुराम भट्टराई विजयी भएका थिए ।
२. घनश्याम भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले पनि यसपटक आफ्नाे क्षेत्र छाडेर निर्वाचन लडे । उनकाे दलले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गरी यसअघिकाे निर्वाचनमा जितेकाे क्षेत्र छाडेर उनी स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका थिए । यसअघि रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा विजयी भुसाल २०७९ काे चुनावमा रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मदेवार थिए । तर उनी नेकपा एमालेका छविलाल विश्वकर्मासँग पराजित भए । भुसाल २०७० सालमा भएकाे दाेस्राे संविधानसभाकाे निर्वाचनमा पनि कांग्रेस नेता बालकृष्ण खाँणसँग रुपन्देही ३ मा पराजित भएका थिए ।
३. कृष्णकुमार श्रेष्ठ ‘किसान’
२०७४ सालकाे आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई पराजित गरेका नेकपा एमालेका सांसद हुन् कृष्णकुमार श्रेष्ठ ‘किसान’ । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि श्रेष्ठ नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालकाे नेतृत्वमा बनेकाे नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भए । श्रेष्ठले यसपालि लाेकतान्त्रिक वाम गठबन्धनका रामचन्द्र पाैडेललाई तनहुँ १ छाडेर बारा क्षेत्र नम्बर ४ बाट विजयी भए ।
४. राजेन्द्र महताे
लाेकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महताेले पनि यसपालि क्षेत्र परिवर्तन गरेर निर्वाचन लडे । २०७४ सालकाे निर्वाचनमा धनुषा ३ बाट निर्वाचन लडेका महताेले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । तर यसपटक भने महताेले सर्लाही क्षेत्र नम्बर २ राेजे र नेकपा (माओवादी केन्द्र) का महेन्द्र राय यादवसँग पराजित भए । २०७० सालकाे निर्वाचनमा पनि महताे यादवसँगै पराजित भएका थिए ।
५. प्रदीप पाैडेल
२०७४ सालमा तनहुँ प्रतनिधिसभा क्षेत्र नम्बर २ काे प्रदेशसभा क्षेत्र ‘क’ बाट निर्वाचन लडेका कांग्रेसका युवा नेता मानिने प्रदीप पाैडेल तत्कालीन वाम गठबन्धनकी उम्मदेवारसँग पराजित भएका थिए । यसपालि तनहुँ बाट उम्मदेवारकाे टिकट नपाएपछि उनी काठमाडाैँ क्षेत्र नम्बर ५ मा निर्वाचन लडे । २०६४ र २०७० सालकाे आम निर्वाचनमा लगातार कांग्रेसका उम्मेदवार विजयी गराएकाे उक्त क्षेत्रमा २०७४ मा भने नेकपा एमालेका ईश्वर पाेखरेल विजयी भएका थिए । पाैडेलले यसपालि भने तिनै पाेखरेललाई पराजित गर्दै संसदमा पहिलाेपल्ट प्रवेश गरे ।
६. माधवकुमार नेपाल
यस अघिकाे निर्वाचनमा काठमाडाैँ क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका माधवकुमार नेपाल यसपाली राैतहट सरे । यसअघिकाे निर्वाचनमा वाम गठबन्धनबाट काठमाडाैँ २ बाट निर्वाचित भएका नेपाल यसपालि भने कांग्रेस नेतृत्वकाे लाेकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका रुपमा राैतहट १ बाट विजयी भएका हुन् ।
७. लक्ष्मणलाल कर्ण
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता लक्ष्मणलाल कर्णले २०७४ सालकाे निर्वाचनमा बारा ४ बाट नेपाली कांग्रेसका उम्मदेवार रमेश रिजाललाई पराजित गरेका थिए । यसपालि सत्ता गठबन्धनकाे सिट भागबन्डामा तिनै रिजाललाई बारा ४ छाडेर बारा १ मा सरेका कर्णकाे भने जमानतसमेत जफत भयाे ।
८. पुकार बम
२०७४ सालमा काठमाडाैं क्षेत्र नम्बर ८ बाट निर्वाचन लडेका पुकार बमले पनि यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर काठमाडाैँ १ मा गए । २०७४ सालमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका बम यसपालि भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए । अघिल्लाे निर्वाचनमा तेस्राे स्थान प्राप्त गरेका बम यसपालि पनि तेस्राे स्थानमा नै सीमित रहे ।