पाेखरामा दुर्घटना भएकाे विमानकाे भन्दै भाइरल तस्बिर केही वर्ष पहिलेका विमान दुर्घटनाका हुन्  

काठमाडाैँबाट पाेखराका लागि उडेकाे यति एयरलाइन्सकाे जहाज पाेखराकाे सेती खाेँचमा माघ १ गते दुर्घटना भयाे । उक्त दुर्घटना पछि केही पुराना तस्बिरहरु साेही घटनाकाे भन्ने दाबीसहित सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

Latest LY नामक भारतीय सञ्चार माध्यमले पाेखरामा भएकाे दुर्घटनाकाे समाचारमा भारतीय समाचार संस्था एएनआईकाे भनी एउटा फाेटाे प्रकाशित गरेकाे छ। उसले त्याे फाेटाे पुरानाे हाे भनेर खुलाएकाे छैन ।  त्यसैगरी @AbeedahAkhtar नामक ट्विटर प्रयाेगकर्ताले पाेखरामा जहाज दुर्घटनामा परेकाे र ७२ जनाकाे मृत्यु भएकाे भन्दै साेही फाेटाे सेयर गरेका छन् । उनकाे ट्विटलाई असी हजार भन्दा बढीपटक हेरिएकाे छ । [अर्काइभ गरिएकाे ट्वीट]

त्यसैगरी @surabhi_tiwari_ नामक ट्विटर प्रयाेगकर्ताले पनि नेपालमा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटना भन्दै केही तस्बिरहरु सेयर गरेकी छन् । उनले ट्विटरमा आफूलाइ टिभी न्युज एङ्कर भनेर चिनाएकी छन् । उनकाे ट्विटलाई तीनलाख पचास हजार भन्दा बढी पटक हेरिएकाे छ [अर्काइभ] । त्यसैगरी भारतीय पत्रकारका रुपमा आफूलाई ट्विटरमा चिनाएका @Ashoke_Raj ले पनि साेही तस्बिर राख्दै नेपालमा भएकाे दुर्घटनामा ७२ जनाकाे मृत्यु भएकाे भन्दै ट्विट गरेका छन् ।  

पहिलाे तस्बिर २०६९ साल असाेज १२ गते काठमाडाैँमा दुर्घटना भएकाे सीता एयरकाे विमानकाे हाे ।

हामीले यी दुई तस्बिरलाई (पहिलाे र दाेस्राे) गुगल, यान्डेक्सलगायत सर्च प्लेटफर्ममा रिभर्स इमेज सर्च गरेर हेर्दा ती तस्बिरहरु क्रमश: २०६९ साल असाेज १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएकाे सीता एयरकाे र दाेस्राे २०७४ साल फागुन २८ गते काठमाडाैँमा नै दुर्घटना भएकाे युएस-बंगला विमानकाे तस्बिर भएकाे फेला पर्याे । पहिलाे तस्बिर समाचार एजेन्सी राेयटर्सका फाेटाेपत्रकार नवेश चित्रकारले खिचेका हुन् । त्यसैगरी दाेस्राे तस्बिर अमेरिकाकाे एबिसी न्युजले प्रकाशित गरेकाे थियाे । साे तस्बिर एसाेसिएटेड प्रेसका फाेटाेपत्रकार निरञ्जन श्रेष्ठले खिचेका हुन् । 

दाेस्राे तस्बिर २०७४ साल फागुन २८ गते काठमाडाैँमा भएकाे युएस बंगला एयरलाइन्सकाे दुर्घटनाकाे हाे ।

दुवै विमान दुर्घटना काठमाडाैँमा भएका थिए । तर ती क्रमश: दश वर्ष र करीब ५ वर्ष पहिलेका घटना हुन् र ती तस्बिर पनि त्यसैबेला खिचिएका हुन् । त्यसैले नेपाल चेकले ती दाबी भ्रामक ठहर गरेकाे छ । 

दाबी दाबीकर्ता नेपाल चेक निष्कर्ष
पाेखरामा माघ १ गते दुर्घटना भएकाे यति एयरलाइन्सकाे विमानका तस्बिरहरु । ट्विटर प्रयाेगकर्ता भ्रामक
पाेखरामा २०७९ साल माघ १ गते भएकाे यति एयरलाइन्सकाे दुर्घटनाकाे भन्दै सामाजिक सञ्जाल ट्विटरमा फैलिएका तस्बिरहरुकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।