के हाे पूर्व भारतीय राजदूत क्वात्रा जाेडिएकाे फाेटाेकाे वास्तविकता ?

पूर्व भारतीय राजदूत तथा हाल भारतका विदेश सचिव विनयमाेहन क्वात्राले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई सम्बाेधन गर्दैगरेकाे फाेटाे केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

नेकपा एमालेकी केन्द्रीय सदस्य सुजिता शाक्यले गत फागुन १८ गते फेसबुकमा उक्त तस्बिर सेयर गर्दै यस्ताे स्टाटस पाेस्ट गरिन् : 

तस्बिर आफै बाेल्छ गठबन्धन किन फेरिएछ ? भारतबाट आयातित विषादीयुक्त तरकारीमा क्वारेन्टाइन जाँच किन राेकिएछ ? राष्ट्रपतिमा अरु हाेइन कांग्रेस नै किन चाहिएछ ? यी सबैका विरुद्ध जनता र राष्ट्रलाई बचाउन एमाले ढाल बनेर उभिँदा उनका विरुद्ध घेराबन्दी गर्न जनविराेधीहरु सबै एक भएर धुइरिएछ ।

त्यस्तै ट्वीटर प्रयाेगकर्ता @Dr_Gothe ले पनि साेही तस्बिर सहित “भारतीय विदेश सचिव क्वात्राले यसरी क्लास दिएपछि बनेकाे आठ दलीय गठबन्धनले अब देशलाई कुन खाल्डाेमा हाल्ने हाे, हेर्दै जाउँ” भन्दै ट्वीट गरेका छन् । 

ट्वीटर, फेसबुक लगायतका सामाजिक सञ्जालमा भाइरल उक्त फाेटाेकाे वास्तविकता के हाे भनी हामीले तथ्य जाँच गरेका छाैँ ।

अहिलेकाे सन्दर्भ के हाे ?

यतिखेर दुई कारणले उक्त फाेटाे सामाजिक सञ्जालमा सेयर गरिएकाे छ । नेपालमा भारतीय राजदूतका रुपमा दुई वर्ष बिताएका भारतीय विदेश सचिव क्वात्राले गत फागुन पहिलाे साता नेपालकाे तीन दिने भ्रमण गरेका थिए । भारतीय विदेश सचिवका रुपमा क्वात्राकाे पहिलाे नेपाल भ्रमणमा द्विपक्षीय विषयमा छलफल हुनुका साथै भेटघाटका क्रमम उनले दलीय गठबन्धन र राष्ट्रपतिकाे निर्वाचन सम्बन्धमा समेत चासाे राखेकाे समाचारमा जनाइएकाे छ ।

राष्ट्रपतिकाे निर्वाचनमा कुन दलकाे उम्मेदवारलाई माओवादीले समर्थन गर्ने भन्ने विषयमा असमझदारी बढ्दै जाँदा नेकपा एमाले र माओवादीकाे सत्तारुढ गठबन्धन भत्किएकाे थियाे । फागुन २५ गते हुने राष्ट्रपतिकाे निर्वाचनमा माओवादीले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाई समर्थन गर्ने जनाइसकेकाे छ भने एमालले पूर्व सभामुख सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाएकाे छ । यसै सन्दर्भमा माथिकाे तस्बिर सामाजिक सञ्जालमा फैलाइएकाे हाे । 

नेेपाल प्रेसमा २०७८ चैत २९ गते प्रकाशित फाेटाेकाे स्क्रिनसट

फाेटाे खिच्दाकाे सन्दर्भ के थियाे ?

नेपालमा आफ्नाे कार्यकाल सकिएपछि स्वदेश फर्किनु अघि २०७८ साल चैत २९ गते क्वात्राले काठमाडाैँस्थित भारतीय दूतावासमा विदाई कार्यक्रमकाे आयाेजना गरेका थिए । नेपाल खबरमा प्रकाशित फाेटाे र समाचार अनुसार उक्त कार्यक्रमममा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र पुष्पकमल दाहाल, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ लगायतका नेता सहभागी थिए । 

सामाजिक सञ्जालमा अहिले भाइरल सामग्रीमा एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्बाङकाे तस्बिर हटाइएकाे छ । तसर्थ याे सामग्री ताेडमाेड गरी सन्दर्भ हटाइ भ्रम फैलाइएकाे नेपाल चेककाे निष्कर्ष छ । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष

भारतीय विदेश सचिव क्वात्राले गठबन्धनका नेतालाई एक ठाउँमा राखेर लेक्चर दिएकाे तस्बिर।
सामाजिक सञ्जाल प्रयोगकर्ताभ्रामक
भारतीय विदेश सचिव विनयमाेहन क्वात्राले गठबन्धनका नेतालाई एक ठाउँमा राखेर लेक्चर दिएकाे तस्बिर भन्दै सामाजिक सञ्जालमा गरिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।