
आगमी फागुन २५ गतेका लागि तय गरिएकाे राष्ट्रपति निर्वाचनका उम्मेदवार रामचन्द्र पाैडेलका विषयमा न्युज २४ टेलिभिजन कार्यक्रममा प्रसारण गरिएकाे भिडियाे सामग्री अहिले टिकटकमा भाइरल भएकाे छ । @counttop10 नामक टिकटक प्रयाेगकर्ताले गत फागुन १५ गते भिडियाे क्लिप पाेस्ट गर्दै लेखेका थिए, “राष्ट्रपतिका प्रत्यासी राष्ट्रघाती रामचन्द्र पाैडेल।” उक्त भिडियाेमा रामचन्द्र पाैडेलकाे फाेटाे राखिएकाे छ भने पृष्ठभूमिमा Call 24 लेखिएकाे र News 24 टेलिभिजनकाे लाेगाे देखिन्छ । फागुन २२ गते सम्ममा साे भिडियाे एकलाख २८ हजार बढी पटक हेरिएकाे छ भने आठहजार भन्दा बढी लाइक र एकहजार बढीपटक सेयर गरिएकाे छ । ती टिकटक प्रयाेगकर्ताले आफ्नाे प्राेफाइल फाेटाेमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान र गृहमन्त्री रवि लामिछानकाे पाेस्टर राखेकाे देखिन्छ भने युजरनेम भन्दा मुनि राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेख गरिएकाे छ ।
भिडियाेमा पाैडेलकाे आलाेचना गर्दै भनिएकाे छ:
एकपटक २०५५ साउन २५ गतेकाे दिनलाई फर्केर हेराैँ । कालापानी मुद्दा चर्किरहेका बेला नेकपा एमालेले त्यहाँबाट भारतीय फाैज फिर्ता हुनुपर्ने भन्दै संसदमा स्थगन प्रस्ताव दर्ता गराएकाे थियाे । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई खेमा उक्त स्थगन प्रस्ताव माथि छलफल हुनुपर्ने पक्षमा थिए । तर नेपाली कांग्रेस र नेकपा माले भने कालापानी समस्या कुटनीतिक वार्ताकाे विषय भन्दै स्थगन प्रस्तावकाे विपक्षमा उभिएका थिए । अहिलेका राष्ट्रपतिका प्रत्यासी तत्कालीन सभामुख रामचन्द्र पाैडेलले सूचना जारी गर्दै प्रतिनिधिसभाकाे बैठक स्थगित गरेका थिए । कालापानी- लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लानुपर्छ भन्ने त्याे संकल्प प्रस्ताव दर्ता नगरेर तत्कालीन सभामुख रामचन्द्र पाैडेलले भारतलाई ठूलै गुन लगाएका थिए । अहिले भारतले त्यही गुन त तिरेकाे हाेइन?
न्युज २४ टिभी
साेही टिकटक सामग्री २९ हजारले पछ्याएकाे @davils_advocate नामक ट्विटर प्रयाेगकर्ताले फागुन १५ गते सेयर गर्दै लेखेका छन्, “भारतीय विदेश सचिवले राष्ट्रपति बनाउन ८ दललाई उर्दी जारी गरेकाे पात्र रामचन्द्र पाैडेल @NCPaudel काे हुन्? किन भारत उनलाई राष्ट्रपति बनाउन चाहन्छ? सुनाैँ ।” यस ट्विटलाई ३५ पटक रिट्विट गरिएकाे छ ।
न्युज २४ टेलिभिजनकाे कल २४ कार्यक्रममा राष्ट्रपतिका उम्मेदवार पाैडेल जाेडिएकाे सामग्रीकाे वास्तविकता के थियाे? उक्त भिडियाे सामग्रीसम्बन्धी तथ्य नेपाल चेकले जाँच गरेकाे छ ।
तथ्य जाँच
उक्त भाइरल भिडियाेमा News 24 टेलिभिजनकाे लाेगाे र Call 24 काे प्रयाेग गरी हामीले “कल २४ News 24” किवर्ड राखेर युट्युबमा खाेज्दा कार्यक्रमकाे पूर्ण अंश भेट्याैँ। गत फागुन १४ गते न्युज २४ टेलिभिजनकाे युट्यब च्यानलमा प्रसारित साे कार्यक्रमकाे सुरुमा नै पाैडेलकाे आलाेचना गरिएकाे छ । भाइरल टिकटक भिडियाेमा गरिएकाे आलाेचना र News 24 टेलिभिजन कार्यक्रममा गरिएकाे आलाेचना हुबहु मिलेकाे हामीले भेट्याैँ । तर, भिडियाेमा पाैडेलकाे आलाेचनालगत्तै राष्ट्रपतिका अर्का उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे पनि आलाेचना गरिएकाे थियाे । दुवैकाे आलाेचना गर्दै कार्यक्रम प्रस्ताेताले भनेका छन्:
एकपटक २०५५ साउन २५ गतेकाे दिनलाई फर्केर हेराैँ । कालापानी मुद्दा चर्किरहेका बेला नेकपा एमालेले त्यहाँबाट भारतीय फाैज फिर्ता हुनुपर्ने भन्दै संसदमा स्थगन प्रस्ताव दर्ता गराएकाे थियाे । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई खेमा उक्त स्थगन प्रस्ताव माथि छलफल हुनुपर्ने पक्षमा थिए । तर नेपाली कांग्रेस र नेकपा माले भने कालापानी समस्या कुटनीतिक वार्ताकाे विषय भन्दै स्थगन प्रस्तावकाे विपक्षमा उभिएका थिए । अहिलेका राष्ट्रपतिका प्रत्यासी तत्कालीन सभामुख रामचन्द्र पाैडेलले सूचना जारी गर्दै प्रतिनिधिसभाकाे बैठक स्थगित गरेका थिए । कालापानी- लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लानुपर्छ भन्ने त्याे संकल्प प्रस्ताव दर्ता नगरेर तत्कालीन सभामुख रामचन्द्र पाैडेलले भारतलाई ठूलै गुन लगाएका थिए । अहिले भारतले त्यही गुन त तिरेकाे हाेइन? आशंका बढाएकाे छ । अर्काे पनि इतिहासकाे सच्चाइ बुझ्नै पर्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरे । ओलीकाे कदम संवैधानिक हाे कि असंवैधानिक हाे भन्ने बहस भयाे । मुद्दा अदालतमा पुग्याे । तर, संविधान बनाउने मुख्य थलाे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने संसद विघटन बा रे माैनव्रत बसे । उनकाे माैनता विद्राेह नभएर समर्थन थियाे भन्न कुनै आइतबार कुर्नु पर्दैन । अब राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफैले बनाएकाे संविधानकाे कसरी संरक्षण कसरी गर्लान्? आशंका यहाँ पनि छ ।
न्युज २४ टिभी
नेपालमा यही फागुन २५ गते राष्ट्रपतिकाे निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितकाे आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पूर्व सभामुख रामचन्द्र पाैडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट पार्टी उपाध्यक्ष तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । उनीहरु दुवैजनाले राष्ट्रपतिकाे निर्वाचन कार्यक्रम अनुसार २०७९ साल फागुन १३ गते उम्मेदवारी दर्ता गरेका थिए ।
न्युज २४ टेलिभिजनकाे Call 24 कार्यक्रममा प्रस्ताेताले आफ्नाे प्रस्तुतिमा दुवै उम्मेदवारकाे विगत खाेतलेका थिए । तर हामीले उम्मेदवारकाे विगतका सम्बन्धमा प्रस्ताेताले गरेका दाबीकाे तथ्य जाँच गरेका छैनाैँ । हामीले भाइरल टिकटक भिडियाेकाे सन्दर्भ के थियाे भनेर हेरेका छाैँ । साे कार्यक्रममा प्रस्ताेताले राष्ट्रपति निर्वाचनका दुवै उम्मेदवाररुकाे विगतकाे प्रसंग निकाल्दै उनीहरुप्रति आशंका व्यक्त गरेका छन् । तर, भाइरल टिकटक भिडियाेमा उम्मेदवार पाैडेलकाे आलाेचना गरिएकाे अंश मात्र काटेर राखिएकाे छ भने अर्का उम्मेदवार नेम्वाङकाे आलाेचना गरिएकाे अंश चाहिँ हटाइएकाे छ । भाइरल भिडियाेमा टेलिभिजन कार्यक्रमकाे पूरा अंशबाट सानाे क्लिप काटेर सन्दर्भ लुकाइ सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्न खाेजिएकाे नेपाल चेककाे निष्कर्ष छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
टेलिभिजन कार्यक्रममा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पाैडेलकाे आलाेचना गरिएकाे । | सामाजिक सञ्जाल प्रयोगकर्ता | सन्दर्भ लुकाइएकाे |