राष्ट्रपति पाैडेलले हिन्दीमा बाेलेकाे भन्दै सामाजिक सञ्जालमा भाइरल भिडियाेमा सन्दर्भ लुकाइयाे

नेपालकाे राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पाैडेलले हिन्दीमा सम्बाेधन गरेकाे भन्दै हाल एउटा ८ सेकेण्ड लामाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ। भिडियाेमा राष्ट्रपति रामचन्द्र पाैडेलले भनेका छन्:  “शहिदाेंका चिताओं पर लगेगें हर वरस मेले। वतन पे मरनेवालाें का यही बाँकी निशा हाेगा।”

भाइरल भिडियाेसँगै भनिएकाे छ, “राष्ट्रपति निर्वाचित भएसी पहिलाे बाेली नै हिन्दी भाषामा दिँदै नव निर्वाचित राष्ट्रपति।” @subashkhatiwada44 नामक टिकटक प्रयाेगकर्ताले फागुन २६ गते उक्त भिडियाे पाेस्ट गर्दै लेखेका छन्, “मालिक खुशी पार्न हिन्दीमा सम्बाेधन गर्दै नवनिर्वाचित सम्माननीय कठपुतली राष्ट्रपति।”

 उक्त भिडियाेमा २८ हजार बढीले लाइक गरेका छन् भने करिब ११ लाखले हेरेका छन्। भिडियाेमा देखापढी अनलाइनकाे लाेगाे देखिन्छ। 

साेही भिडियाे Tek B Karki नामक फेसबुक प्रयाेगकर्ताले ६२ हजार बढी सदस्य भएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नामक पब्लिक ग्रुपमा “India काे आशिर्वाद लागेपछिकाे रिजल्ट” भन्दै पाेस्ट गरेका छन्। 

के राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पाैडेलले हिन्दी भाषामा भाषण गरेका हुन् त? नेपाल चेकले तथ्य जाँच गरेकाे छ।

तथ्य जाँच

गत फागुन २५ गते नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउँदै नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धनका उम्मेदवार रामचन्द्र पाैडेल राष्ट्रपति निर्वाचित भएका थिए। निर्वाचित भएकाे भाेलिपल्ट पाैडेल सुन्दरीजलस्थित बिपी संग्राहलय गएका थिए। भाइरल भएकाे भिडियाे पाैडेलले बिपी संग्राहलयमा फागुन २६ गते गरेकाे सम्बाेधनकाे हाे। भाइरल ८ सेकेन्डकाे भिडियाे देखापढी अनलाइनकाे फेसबुक पेजमा हालिएकाे दुई मिनेट ३३ सेकेन्डकाे भिडियाेकाे अंश भएकाे हामीले पायाैँ। देखापढीकाे भिडियाेमा पनि सुरुका केही सेकेन्ड राष्ट्रपतिले हिन्दीमा बाेलेका छन् र त्यसपछि उनले नेपालीमा बाेलेका छन्। 

त्यसैगरी हामीले पाैडेलले सुन्दरीजलमा दिएकाे मन्तव्यकाे अन्य भिडियाेहरु फेसबुकमा खाेज्दै जाँदा देशान्तरले राखेकाे ४ मिनेट ३० सेकेन्ड लामाे भिडियाे भेट्याैँ। साे भिडियाेमा राष्ट्रपति पाैडेलले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाउँदै जनतालाई सुशासन दिनुपर्ने बताएका थिए। पाैडेलले आफ्नाे मन्तव्यकाे अन्त्यमा बिपी संग्रहालयले पूर्णता पाओस् भन्ने शुभकामना दिएका थिए। शुभकामना दिने क्रममा पाैडेलले भनेका छन्: 

याे बिपी संग्रहालय निर्माणाधीन छ। यसले राम्राेसँग परिपूर्णता प्राप्त गराेस्। र, यसबाट देशकाे लागि बलिदान हुनेहरुका लागि एउटा… शहिदाेंका चिताओं पर लगेगें हर वरस मेले। वतन पे मरनेवालाें का यही बाँकी निशा हाेगा। देशकाे लागि मर्नेहरुका लागि याे एउटा सम्झना, चिरस्थायी सम्झनालाई हामीले सुरक्षित गरेर राखाैँ।

राष्ट्रपति रामचन्द्र पाैडेल

पाैडेलले यति भनेर आफ्नाे मन्तव्य टुंग्याएका छन्। उनले हिन्दीमा बाेलेकाे भनिएकाे अंश भारतीय कवि जगद‌‌म्बा प्रसाद मिश्र ‘हितैषी’ ले सन् १९१६ मा लेखेकाे “शहिदाें की चिताओं पर” नामक गजलकाे अंश हाे। उक्त गजलकाे अंश यस्ताे छ:

शहीदाें की चिताओं पर लगेगें हर बरस मेले। 

वतन पर मरनेवालाें का यही बाकी निशाँ हाेगा। 

भारतीय काव्य रचनाहरु संग्रह गर्ने कविता काेश नामक वेबसाइटका अनुसार सन् १९१६ मा प्रकाशित अमेरिका कसरी स्वतन्त्र भयाे भन्ने पुस्तिकाकाे अन्तिम आवरण पृष्ठमा ‘हितैषी’ काे यस रचना प्रकाशित भएकाे थियाे। प्रकाशित भएलगत्तै साे पुस्तिकामाथि प्रतिबन्ध लगाइएपछि ‘हितैषी’ काे यस रचनालाई गाेप्य रुपमा बाँडिएकाे उल्लेख छ। 

सुन्दरीजलकाे आफ्नाे मन्तव्यमा भारतीय स्वतन्त्रता संग्रामका बेला हितैषीले लेखेकाे रचनालाई साभार गर्दै राष्ट्रपति पाैडेलले देशका लागि बलिदानी दिने शहीदहरुकाे सम्झनालाई चिरस्थायी बनाउन बिपी संग्राहलयकाे सुरक्षा गर्नुपर्छ भनेका छन्। तर, पाैडेलले नेपालीमा बाेलेकाे अगाडि र पछाडिकाे भागजति सबै हटाएर हिन्दीमा बाेलेकाे अंशलाई मात्र काटेर सन्दर्भ लुकाई पाैडेलले राष्ट्रपति भएलगत्तै हिन्दीमा सम्बाेधन गरेकाे भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएकाे नेपाल चेककाे निष्कर्ष छ। 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष



राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रपति निर्वाचित भएलगत्तै हिन्दीमा सम्बाेधन गरेकाे । 

सामाजिक सञ्जाल प्रयाेगकर्तासन्दर्भ लुकाइएकाे
राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रपतिमा निर्वाचित भएलगत्तै हिन्दीमा सम्बाेधन गरेकाे भन्दै  सामाजिक सञ्जालमा भाइरल गराइएकाे भिडियाेकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।