
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फाेनमा पूर्वी नेपालकाे तराइलाई पहाडसँग जाेड्ने सडक बा रे गरेकाे संवादलाई पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जाेडेर टिकटकमा फैलाइएकाे छ। लामिछानेलाई फसाउन प्रचण्डले युवराज पाैडेल (सफल) लाई ५० लाख दिएकाे प्रमाण हेर्नुहाेस् भन्दै उक्त भिडियाे सेयर गरिएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेविरुद्ध पाैडेलले सर्वाेच्च अदालतमा हालेकाे नागरिकतासम्बन्धी मुद्दामा गत माघमा अदालतले गरेकाे फैसलाका कारण लामिछानकाे मन्त्री, सांसद र पार्टी सभापतिकाे पद गुमेकाे थियाे। चितवन क्षेत्र नम्बर २ मा बैसाख १० गते हुन गइरहेकाे उप निर्वाचनमा लामिछाने रास्वपाबाट उम्मेदवार छन्। यसै सन्दर्भमा याे भिडियाे क्लिप फैलिएकाे हाे।
गत फागुन १५ गते @love_is_life292 नामक टिकटक प्रयाेगकर्ताले उक्त भिडियाे सेयर गरेका थिए। उनले पाेस्ट गरेकाे भिडियाेमा प्रधानमन्त्री प्रचण्ड टेलिभिजनकाे स्क्रिनमा माेबाइलमा बाेल्दै गरेकाे देखिन्छन् भने चारजना प्रहरीले त्याे दृश्य हेर्दै गरेकाे देखिन्छ।
प्रचण्डकाे फाेनवार्तापछि समाचारकाे शैलीमा अडियाे सुनिन्छ जसमा प्रचण्डले केही व्यक्तिलाई रवि लामिछानेका विरुद्ध उचालेकाे बताइएकाे छ। दुई मिनेट २६ सेकेण्डकाे उक्तमा भिडियाे लामिछानेकाे पनि फाेटाे समावेश गरिएकाे छ। उक्त भिडियाे ४ लाखभन्दा बढी पटक हेरिएकाे छ।
भिडियाेमा प्रचण्डले भनेका छन्:
रवि जाेड्ने सडक हाे त्याे । उता झापातिरबाट सुवासचन्द्र नेम्वाङहरुकाे फाेर्स लागेकाे छ र उताबाट बनिसकेकाे छ। यताबाट बन्न अनिवार्य छ। उहाँहरुलाई जनताले घेर्न थालेका छन्। एउटा कुरा के रछ भने, त्याे ठेकेदार जसलाई २०६८ सालमा ठेक्का परेकाे थियाे, उनी रेणु यादवका ज्वाइँ रछन् फेरि। हाे तपाईले सक्नुहुन्छ। म उहाँहरुलाई पठाउँछु। तपाईले ‘सिरियस्ली’ हेरेर यसलाई चाहिँ फत्ते गर्दिनु। सात किलाेमिटर रछ सबभन्दा बढी ‘सेन्सेटिभ’ चाहिँ।
प्रचण्ड
यस भिडियाेकाे सत्यापनका लागि हामीले गुगलमा “उर्लाबारी-मधुमल्ला सडक” राखेर खाेजी गर्याैँ। तर हामीले उक्त भिडियाेकाे मुल संस्करण फेला पार्न सकेनाैँ। तिनै शब्दहरु राखी फेसबुकमा खाेज्दा पूर्वी कमाण्ड अनलाइनकाे फेसबुक पेजमा उक्त भिडियाे फेला पर्याे । साे भिडियाे कात्तिक २५, २०७९ मा साे पेजमा पाेस्ट गरिएकाे फेला पर्याे । गत मङ्सिर ४, २०७९ मा आम निर्वाचन हुनुअघि प्रचार प्रसारका क्रममा प्रचण्डले कसैलाई उक्त सडकसम्बन्धी निर्देशन दिएकाे बुझिन्छ।

हामीले उक्त भिडियाे सम्बन्धमा सार्वजनिक रुपमा उपलब्ध थप सामग्री वा सूचना फेला पार्न सकेनाैँ । तर माेरङ जिल्लाकाे उर्लाबारीलाई पाँचथरकाे रबि भन्ने ठाउँसँग जाेड्ने उक्त सडक बा रे प्रचण्डले गरेकाे कुराकानीलाई पूर्व मन्त्री रवि लामिछानेसँग जाेडी भ्रम फैलाइएकाे पाइएकाे छ। उक्त सडकसम्बन्धी समाचार क्लिकमाण्डु र गाेरखापत्रमा प्रकाशित छ।
भिडियाेमा सन्दर्भ लुकाई केवल “रबि” भन्ने शब्दका आधारमा दुष्प्रचार गरिएकाेले नेपाल चेकले यसलाई भ्रामक ठहर गरेकाे छ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
रवि लामिछानेलाई फसाउन प्रचण्डले ५० लाख दिएकाे भिडियाे प्रमाण । | टिकटक प्रयाेगकर्ता | भ्रामक |