पूर्व मन्त्री रायमाझी जाेडिएकाे भिडियाे दुई वर्ष पुरानाे

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भन्दै गरिएकाे धन्दासम्बन्धी मुद्दामा प्रहरीले खाेजी गरिरहेका पूर्व उपप्रधानमन्त्री तथा विपक्षी दल नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझीसम्बन्धी भिडियाे सामाजिक सञ्जालमा केही दिनयता फैलिएकाे छ। पूर्व मन्त्री रायमाझीलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गर्ने समूहका सदस्यले दिएकाे बयानका आधारमा प्रहरीले खाेजी गरिररहेकाे छ। 

तीन मिनेटकाे भिडियाेकाे शुरुमा महिला र पुरुषहरु गाडिकाे लस्कर भएकाे कच्ची सडकमा कराउँदै अघि बढेकाे देखिन्छ। भिडियाेमा महिलाहरुले “हामी मर्न तयार छाैँ,” “हामीले सिन्दुर लगाएर पठाएकाे हाे” भनेकाे सुनिन्छ । भिडियाेकाे अन्त्यतिर एक पुरुषले “मन्त्रीले भन्नु राम्राे कुरा हाे तर सेना लगाएर गर्छु भन्नु चाहिँ राम्राे कुरा हैन” भनेकाे सुनिन्छ।

फेसबुकमा  बैसाख २५ गते सेयर गरिएकाे भिडियाेकाे क्याप्सनमा भनिएकाे छ, “टाेपबहादुर रायमाझीलाई भैरहवाका जनताले खेतखेतै लखेटे”। फ्रेस मिडिया नामक बेलायतकाे ठेगाना दिइएकाे फेसबुक पेजले पाेस्ट गरेकाे भिडियाेले करीब ४ लाख भ्युज पाएकाे छ। युट्युब च्यानलसमेत रहेकाे फ्रेस मिडियाकाे १४ हजार फेसबुक फलाेअर्स छन्।

दुई वर्ष पुरानाे घटना

हामीलेे उक्त भिडियाकाे वास्तविकता पत्ता लगाउन “मन्त्री टाेपबहादुर रायमाझीलाई स्थानीयले लखेटे” भन्ने किवर्ड राखी गुगलमा खाेजी गर्याैँ । त्यसले हामीलाई थाहा खबरमा २०७७ साल चैत १३ मा प्रकाशित समाचारमा पुर्यायाे । साे समाचार अनुसार साेलु काेरिडाेर अन्तर्गतकाे प्रसारण लाइनकाे टावर राख्ने विषयमा भएकाे विवाद मिलाउन २०७७ चैत १३ गते उदयपुरकाे कटारी पुगेका तत्कालीन उर्जामन्त्री रायमाझी स्थानीयकाे विराेधकाे ताराे बनेका थिए। आक्राेशित स्थानीयकाे विराेधपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थान लगेका थिए। “आक्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाकर्मीले मन्त्री रायमाझीलाई घेरा हालेर सुरक्षित स्थान नगरपालिका लगेको थियो,” थाहा खबरकाे समाचारमा भनिएकाे छ। साे घटनाकाे भिडियाे चाैकाेस अनलाइनकाे युट्युब च्यानलमा समेत पाेस्ट गरिएकाे छ।

दुई वर्ष अघि पूर्वी नेपालकाे उदयपुरमा भएकाे घटनाकाे भिडियाेलाई हालै पूर्व मन्त्री रायमाझी संलग्न भनिएकाे नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दासँग जाेडेर सन्दर्भ नखुलाई सामाजिक सञ्जालमा फैलाइएकाे छ। तसर्थ हामीले उक्त भिडियाेलाई भ्रामक ठहर गरेका छाैँ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
पूर्व मन्त्री टाेपबहादुर रायमाझीलाई भैरहवाका जनताले लखेट्दै गरेकाे भिडियाे । सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक
पूर्व उपप्रधान तथा उर्जामन्त्री टाेपबहादुर रायमाझीलाई भैरहवाका जनताले लखेट्दै गरेकाे भिडियाे भन्ने दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।