
एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएकाे भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य नेपालकाे विराटनगरमा परेकाे असिना भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनकाे दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेकाे असिनाकाे भिडियो भएको फेला परेको छ।

काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ । नेपाल चेककाे तथ्य जाँचमा साे भिडियाे भ्रामक भएकाे फेला परेकाे छ ।

सडकमा दर्जनाै मानिस दाैडिरहेको दृश्य भएको भिडियो टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो गत फागुन १० गते धरानमा भएको म्याराथुन दाैडको भएको फेला परेको छ।
सप्रसङ्ग

खासगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा जेनेरेटिभ एआई प्रयाेग गरी फाेटाे वा पाठलगायत सामग्री बनाइ चुनाव लक्ष्यित प्रचार प्रसार गरिएकाे छ । प्रतिद्वन्दी राजनीतिकर्मी झगडा गरेकाे भिडियाे हाेस् वा उम्मेद्वारहरु भेटेका तस्बिर हुन्, यस्ता सामग्रीकाे प्रयाेग व्यापक बन्दै जाँदा के सही, के गलत भन्ने छुट्याउन गाह्राे भएकाे छ । यो विवरण पढ्नुहोस्

सांसदहरुको मुख्य जिम्मेवारीमध्ये कानुन निर्माण र निगरानी हो। तर संसदबाट कानुन पारित भएर मात्र हुँदैन । ती कानुनहरुको कार्यान्वयन भएको छ कि छैन ? तिनले अपेक्षित परिणाम दिएका छन् कि छैनन् ? कानुन कार्यान्वयन भएका छन् भने कुन हदसम्म भएका छन् र छैनन् भने किन भएका छैनन् ? यो विवरण पढ्नुहोस्

गत फागुन १५ गते नेकपा (एमाले) ले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता गरेसँगै केही सञ्चार माध्यममा पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको र सरकारले तीस दिन भित्रै संसदबाट पुनः विश्वासको मत लिनुपर्ने समाचार प्रकाशित भए।हाल सरकार अल्पमतमा परिसकेको हो कि हैन विषयमा भने अन्याैल देखिन्छ । यसै विषयलाई लिएर नेपाल चेकले यो जानकारीमुलक सामग्री तयार… यो विवरण पढ्नुहोस्

सत्यापन – सप्रसङ्ग – निगरानी
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
