
नेपाल चेक ‘सत्यापन-तथ्यजाँच’मा स्वागत छ
हामी कुनै पनि माध्यमबाट प्रचारित प्रसारित कुनै पनि भनाइ, जानकारी, दावी, सूचना वा सामग्रीको सत्यापन वा तथ्यजाँच गर्दै प्रमाणित जानकारी यहाँ प्रस्तुत गर्छौं ।
नेपाल चेकमा पहिलो पटक आउनु भएको हो? त्यसो भए यहाँबाट थाल्नु होस्।
कापुचे हिमतालमा दुई वर्ष अघि गएकाे हिमपहिराेकाे भिडियाे भ्रामक दाबीका साथ फैलाइयाे
सगरमाथाको पूर्वी भागमा दुर्लभ बादलझैँ देखिने हिमपहिरोकाे भिडियाे भन्दै गरिएकाे दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियाेमा देखिएकाे दृश्य गण्डकी प्रदेशस्थित अन्नपूर्ण क्षेत्रमा रहेको कापुचे नामक हिमतालमा दुई वर्ष अघि गएकाे हिमपहिराेकाे भएको नेपाल चेकले पत्ता लगाएको छ ।
यो विवरण पढ्नुहोस्केपी ओलीकाे संसद विघटन सम्बन्धी भनाइसम्बन्धी गगन थापाकाे दाबी अर्धसत्य
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७९ साल पुस २५ गते बसेकाे संसदकाे पहिलाे बैठकमा प्रतिनिधि सभा विघटन ठीक थियाे भन्नुका साथै फेरि पटक-पटक प्रतिनिधिसभा विघटन हुन्छ भनेकाे भन्ने दाबी गरेका छन् । थापाकाे दाबी अर्धसत्य भएकाे नेपाल चेककाे ठहर छ ।
यो विवरण पढ्नुहोस्राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पाैडेलकाे आलाेचना गरिएकाे भाइरल टिकटक भिडियाेमा सन्दर्भ लुकाइयाे
फागुन २५ गतेका लागि तय भएकाे राष्ट्रपति निर्वाचनका उम्मेदवार रामचन्द्र पाैडेलकाे आलाेचना गरिएकाे एक टेलिभिजन कार्यक्रमकाे भिडियाे अहिले टिकटकमा भाइरल भएकाे छ । नेपाल चेककाे तथ्य जाँचमा उक्त भिडियाेमा सन्दर्भ लुकाएर भ्रम सिर्जना गर्न खाेजिएकाे भेटिएकाे छ ।
यो विवरण पढ्नुहोस्के हाे पूर्व भारतीय राजदूत क्वात्रा जाेडिएकाे फाेटाेकाे वास्तविकता ?
पूर्व भारतीय राजदूत तथा विदेश सचिव विनयमाेहन क्वात्रा जाेडिएकाे एक तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । तत्कालीन भारतीय राजदूत क्वात्राकाे काठमाडाैँमा झण्डै एक वर्ष अघि भएकाे विदाइ कार्यक्रमकाे फाेटाे काँटछाँट गरी सन्दर्भ लुकाइ भ्रम फैलाइएकाे नेपाल चेककाे निष्कर्ष छ ।
यो विवरण पढ्नुहोस्अद्यावधिक : प्रधानमन्त्रीले पुन: विश्वासकाे मत लिनुपर्ने सम्बन्धी नेता न्याैपानेकाे दाबी भ्रामक
गत फागुन २ गते ग्लाेबल टेलिभिजनसँगकाे अन्तर्वार्तामा सत्तारूढ दल नेकपा माओवादीका नेता लेखनाथ न्याैपानेले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकाे दलले आफूले दिएकाे विश्वासकाे मत फिर्ता लिएमा पुन: विश्वासकाे मत लिन प्रधानमन्त्रीलाई कानुनी दबाब नपर्ने दाबी गरेका थिए । नेपाल चेककाे तथ्य जाँचमा साे दाबी भ्रामक भएको र न्यौपानेले सन्दर्भ लुकाएको फेला परेकाे छ ।
यो विवरण पढ्नुहोस्रवि लामिछानेकाे उम्मेदवारी सम्बन्धी निर्वाचन आयाेगमा परेकाे उजुरी आयाेगले बदर गरेकाे भन्ने ओलीकाे दाबी गलत
गत माघ २२ गतेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे उम्मेदवारी खारेजीकाे माग गर्दै निर्वाचन आयाेगमा परेकाे उजुरीकाे निर्वाचन आयाेगले छानबिन गरी साे उजुरीलाई ठीक नठहरेर बदर गरेकाे दाबी गरेका थिए । नेपाल चेकले उनकाे दाबी गलत ठहर गरेकाे छ ।
यो विवरण पढ्नुहोस्यति एयरलाइन्स दुर्घटनाकाे भिडियाे भन्दै भाइरल सामग्री गलत
यति एयरलाइन्सकाे विमान पाेखरामा दुर्घटना भए पछि उक्त घटनासँग जाेड्दै त्यसबाट बाँचेका बालिका भन्दै सामाजिक सञ्जालमा भाइरल भिडियाे फिलिपिन्सकाे भएकाे नेपाल चेकले पत्ता लगाएकाे छ ।
यो विवरण पढ्नुहोस्संसद् विघटन सम्बन्धी ओलीकाे दाबीमा सन्दर्भ लुकाइयाे
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते संसदमा बाेल्दै २०५९ सालमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकाे संसद विघटन र आफूले दुई वर्ष अघि गरेकाे विघटन एकै भएकाे दाबी गरेका थिए । ओलीले आफ्नाे भाषणमा देउवाले संसद् विघटन गर्दाको संवैधानिक सन्दर्भ लुकाएकाे निष्कर्ष नेपाल चेककाे छ ।
यो विवरण पढ्नुहोस्पाेखरामा दुर्घटना भएकाे विमानकाे भन्दै भाइरल तस्बिर केही वर्ष पहिलेका विमान दुर्घटनाका हुन्
पाेखरामा माघ १ गते दुर्घटनामा परेकाे यति एयरलाइन्स विमानकाे तस्बिर भनी अहिले सामाजिक सञ्जालमा भाइरल भएका केही तस्बिरहरु करिब १० वर्ष अगाडि भएकाे नेपालकाे सीता एयरकाे विमान दुर्घटना र करिब पाँच वर्ष अगाडि दुर्घटनामा परेकाे बंगलादेशी विमान सेवा युएस-बंगलाकाे विमानकाे भएकाे भेटिएकाे छ ।
यो विवरण पढ्नुहोस्
सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
