पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते संसदमा बाेल्दै २०५९ सालमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकाे संसद विघटन र आफूले दुई वर्ष अघि गरेकाे विघटन एकै भएकाे दाबी गरेका थिए । ओलीले आफ्नाे भाषणमा देउवाले संसद् विघटन गर्दाको संवैधानिक सन्दर्भ लुकाएकाे निष्कर्ष नेपाल चेककाे छ ।
पाेखरामा माघ १ गते दुर्घटनामा परेकाे यति एयरलाइन्स विमानकाे तस्बिर भनी अहिले सामाजिक सञ्जालमा भाइरल भएका केही तस्बिरहरु करिब १० वर्ष अगाडि भएकाे नेपालकाे सीता एयरकाे विमान दुर्घटना र करिब पाँच वर्ष अगाडि दुर्घटनामा परेकाे बंगलादेशी विमान सेवा युएस-बंगलाकाे विमानकाे भएकाे भेटिएकाे छ ।
माघ १ गते काठमाडाैँबाट पाेखरा जाँदै गरेकाे यति एयरलाइन्सकाे विमान पाेखरामा दुर्घटनाग्रस्त भएपछि त्यससम्बन्धी फाेटाे र भिडियाे सामाजिक सञ्जालमा भाइरल भएका छन् । उक्त दुर्घटनाकाे भनी ट्वीटरमा सेयर गरिएकाे एउटा भिडियाे झण्डै १० वर्ष पुरानाे भएकाे नेपाल चेकले फेला पारेकाे छ ।
सप्रसङ्ग
राजनीतिमा सक्रिय महिलाहरू अनलाइन हिंसाकाे बढी सिकार हुने विभिन्न अध्ययनले देखाएका छन् । किन हुन्छ महिलामाथि सामाजिक सञ्जालमा आक्रमण ? पढ्नुहाेस्, हामीले तयार पारेकाे जानकारीमूलक सामग्री । यो विवरण पढ्नुहोस्
राजनीतिमा महिला प्रतिनिधित्व अपेक्षाकृत रुपमा हुन नसकेकाे वर्तमान अवस्थामा यसपालिकाे प्रदेशसभामा भने यसअघिकाे प्रदेशसभाकाे तुलनामा महिला प्रतिनिधित्व बढेकाे देखिएकाे छ । तर प्रत्यक्ष निर्वाचित महिलाकाे संख्या भने घटेकाे छ । संघीयता कार्यान्वयनपछिकाे दाेस्राे प्रदेशसभा सदस्य निर्वाचनबाट सातवटै प्रदेशमा अघिल्लाे निर्वाचनका तुलनामा महिला प्रतिनिधित्व कस्ताे रह्याे भन्ने सम्बन्धमा हामीले याे सामग्री तयार पारेका छाैँ । यो विवरण पढ्नुहोस्
हालै सम्पन्न आम निर्वाचनमा सामाजिक सञ्जालमा फैलिएका मिथ्या र भ्रामक सूचना अनि द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न निर्वाचन आयाेगले के कस्ता पहल गर्याे ? के ती सफल भए ? नेपाल चेकले प्रवक्ता शालिग्राम शर्मा पाैडेलसँग गरेकाे प्रश्नाेत्तर । यो विवरण पढ्नुहोस्
सत्यापन – सप्रसङ्ग – निगरानी
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।