जानाजानी वा नजानेरै समाजमा फैलाइने झुट अर्थात् तथ्यहीन, मिथ्या, असत्य, झुटो दाबी वा सामग्री फेला पार्नु भएको छ ? हामीलाई भन्नुस्, हामी त्यस्ता शंकास्पद कुरा चेक गर्छौं, तिनको सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
मिलेर मिथ्याको प्रतिवाद गरौँ ।

सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।

-
कापुचे हिमतालमा दुई वर्ष अघि गएकाे हिमपहिराेकाे भिडियाे भ्रामक दाबीका साथ फैलाइयाे
सगरमाथाको पूर्वी भागमा दुर्लभ बादलझैँ देखिने हिमपहिरोकाे भिडियाे भन्दै गरिएकाे दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियाेमा देखिएकाे दृश्य गण्डकी प्रदेशस्थित अन्नपूर्ण क्षेत्रमा रहेको कापुचे नामक हिमतालमा दुई वर्ष अघि गएकाे हिमपहिराेकाे भएको नेपाल चेकले पत्ता लगाएको छ ।
-
केपी ओलीकाे संसद विघटन सम्बन्धी भनाइसम्बन्धी गगन थापाकाे दाबी अर्धसत्य
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७९ साल पुस २५ गते बसेकाे संसदकाे पहिलाे बैठकमा प्रतिनिधि सभा विघटन ठीक थियाे भन्नुका साथै फेरि पटक-पटक प्रतिनिधिसभा विघटन हुन्छ भनेकाे भन्ने दाबी गरेका छन् । थापाकाे दाबी अर्धसत्य भएकाे नेपाल चेककाे ठहर छ ।
-
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पाैडेलकाे आलाेचना गरिएकाे भाइरल टिकटक भिडियाेमा सन्दर्भ लुकाइयाे
फागुन २५ गतेका लागि तय भएकाे राष्ट्रपति निर्वाचनका उम्मेदवार रामचन्द्र पाैडेलकाे आलाेचना गरिएकाे एक टेलिभिजन कार्यक्रमकाे भिडियाे अहिले टिकटकमा भाइरल भएकाे छ । नेपाल चेककाे तथ्य जाँचमा उक्त भिडियाेमा सन्दर्भ लुकाएर भ्रम सिर्जना गर्न खाेजिएकाे भेटिएकाे छ ।