नेपाल चेक ‘निगरानी’मा स्वागत छ

  • एआईबाट बनाइएका भिडियोकाे पहिचान कसरी गर्ने ?

    एआईबाट बनाइएका भिडियोकाे पहिचान कसरी गर्ने ?

    आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार, राजनीतिक दल र तिनका समर्थकहरू चुनावी प्रचारप्रसारमा व्यापक रूपमा डिजिटल माध्यम प्रयोग गरिरहेका छन् । केही वर्षअघिसम्म पोस्टर, सभा र टेलिभिजन र छापा विज्ञापनमा सीमित चुनावी प्रचारकाे मुख्य माध्यम अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफार्म भएका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहज उपलब्धताले यसलाई…

    विस्तृत

  • केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

    केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

    फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एक फोटो भाइरल भयाे । भाइरल फोटोमा ओली चुरोट तान्दै गरेको देखिन्छ। मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेको देखिने उक्त फोटो तथ्यजाँचमा भ्रामक रहेको फेला परेकाे छ ।

    विस्तृत

  • यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी बनाइएका फाेटाे पहिचान गर्ने विधि

    यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी बनाइएका फाेटाे पहिचान गर्ने विधि

    खासगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा जेनेरेटिभ एआई प्रयाेग गरी फाेटाे वा पाठलगायत सामग्री बनाइ चुनाव लक्ष्यित प्रचार प्रसार गरिएकाे छ । प्रतिद्वन्दी राजनीतिकर्मी झगडा गरेकाे भिडियाे हाेस् वा उम्मेद्वारहरु भेटेका तस्बिर हुन्, यस्ता सामग्रीकाे प्रयाेग व्यापक बन्दै जाँदा के सही, के गलत भन्ने छुट्याउन गाह्राे भएकाे छ ।

    विस्तृत

सत्यापनसप्रसङ्गनिगरानी

नेपाल चेकमा स्वागत छ

झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्‍याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।