
नेपाल चेक ‘निगरानी’मा स्वागत छ
एउटा स्वतन्त्र र निष्पक्ष सत्यापन मञ्चकारूपमा हामी राज्यको एउटा निगरानीकर्ता अङ्ग संसदकै र राज्यको चौथो अङ्ग मानिने निगरानीकर्ता अङ्ग मिडियाकै निगरानी गर्छौं र मिलेको प्रमाणित जानकारी यहाँ प्रस्तुत गर्छौं ।
नेपाल चेकमा पहिलो पटक आउनु भएको हो? त्यसो भए यहाँबाट थाल्नु होस्।
-

नझुक्किनुस्, याे भिडियाे विराटनगरमा परेको असिनाकाे हाेइन
एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएकाे भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य नेपालकाे विराटनगरमा परेकाे असिना भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनकाे दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेकाे असिनाकाे भिडियो भएको फेला परेको छ।
-

नेपालबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको भन्दै फैलाइएको भिडियो भ्रामक
सामाजिक सञ्जालमा हालै फैलिएको भिडियो नेपालस्थित सीताको घरबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको दृश्य भन्ने दाबी गरिएको छ । नेपाल चेकले सो भिडियाे ६ महिना अघि भारतको ग्रेटर नोइडामा भएको धार्मिक समारोहको भएको फेला पारेको छ ।
-

भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथकाे भिडियाे छ वर्ष पुरानाे
भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले विश्व हिन्दु सम्मेलनमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेकाे भन्दै एउटा भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ। तर नेपाल चेककाे तथ्य जाँचमा याेगी आदित्यनाथकाे भिडियाे छ वर्ष पुरानाे भएकाे फेला परेकाे छ ।

सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।

