हाम्रो टीम

दीपक अधिकारी

दीपक अधिकारी

सम्पादक

अधिकारी नेपाल चेकका सम्पादक हुन् । उनले साउथ एसिया चेककाे सम्पादकका रुपमा  साढे दुई वर्ष बिताएका छन् । अधिकारी विगत दुई दशकदेखि पत्रकारका रुपमा नेपालमा कार्यरत छन् । उनले नेपालमा नेपाल साप्ताहिक पत्रिका र कान्तिपुर दैनिकका स‌वाददाताका रुपमा काम गरेका थिए । उनका समाचार र फिचर विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सी र मिडियामा प्रकाशित भएको छ । उनले फ्रान्सेली समाचार संस्था एएफपी र जर्मन समाचार संस्था डिपिएको नेपालस्थित संवाददाताको रुपमा काम गरेका छन् । उनका सामग्री न्यु योर्क टाइम्स, द गार्जियन, अल जजिरा, टाइम म्यागजिन आदिमा प्रकाशित छन् । पछिल्लाे समय उनले डिजिटल खाेज र तथ्य जाँचमा आफ्नाे ध्यान केन्द्रित गरेका छन् ।

हिमाल पाैडेल

तथ्यजाँचकी

पाैडेल नेपाल चेकका तथ्यजाँचकी/सत्यापक हुन् । विगत २ वर्षदेखि उनी संवाददाता र अनुवादकका रुपमा कार्यरत छन् । २०७८ साउनदेखि २०७९ साउनसम्म उनी नयाँ पत्रिका दैनिकमा राजनीतिक संवाददाताका रुपमा कार्यरत थिए । त्यस अघि उनी सनाैलाे नेपाल अनलाइनमा भाषा सम्पादक थिए । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकाेत्तर उनी राजनीति र कला संस्कृतिमा रुचि राख्छन् ।

अभयराज जाेशी

अभयराज जाेशी

भाषा सम्पादक

जाेशी नेपाल चेकका अंग्रेजी भाषा सम्पादक हुन् । एक दशकदेखि उनी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत छन् । भारतकाे चेन्नईस्थित एसिएन कलेज अफ जर्नालिजमबाट पाेष्ट ग्राजुएट डिप्लाेमा गरेका उनी वातावरण, जलवायु परिवर्तन र वन्यजन्तु विषयमा कलम चलाउँछन् ।

स्मिता मगर

तथ्यजाँचकी/शाेधकर्ता

मगर नेपाल चेककी तथ्यजाँचकी र शाेधकर्ता हुन् । उनी द्वन्दाेत्तर समाजमा लिङ्ग, शिक्षा, स्वास्थ्य, आप्रवास, मानवअधिकार जस्ता विषयमा केन्द्रित रही ग्रामीण पत्रकारिता गर्नमा रुचि राख्छिन् । बेलायतकाे डुर्हाम विश्वविद्यालयबाट चिभ्निङ छात्रवृत्ति अन्तर्गत द्वन्द सम्बन्धी विषयमा स्नातकाेत्तर गरेकी छन् । भारतकाे चेन्नईस्थित एसिएन कलेज अफ जर्नालिजमबाट स्नातक गरेकी उनले कान्तिपुर दैनिकमा संवाददाताकाे रुपमा र हिमाल साउथएसिएन पत्रिकामा तथ्य जाँचकीका रुपमा काम गरेकी छन् । हालै उनले पानाेस साउथ एसियाका लागि अनलाइनमा हुने लैंगिक दुष्प्रचारकाे पहिचान र प्रतिराेध कसरी गर्ने भन्ने हाते पुस्तिका तयार पारेकी छन् । रुकुमस्थित झुम्लावाङ भिलेज फाउण्डेसनमार्फत उनले आफ्नाे समुदायकाे उत्थानका लागि सक्रियतापूर्वक लागेकी छन् ।

काेषराज काेइराला

काेषराज काेइराला

सहायक सम्पादक

काेइराला नेपाल चेकका सहायक सम्पादक हुन् । उनी हाल रिपब्लिका अंग्रेजी दैनिककाे अनलाइन संस्करणका प्रमुख हुन् । दुई दशककाे आफ्नाे पत्रकारितामा उनले नेपालकाे राजनीति र विदेश मामिलामा दक्षता हासिल गरेका छन् । सन् २००९ मा रिपब्लिकामा आबद्ध हुनुअघि उनले द काठमाण्डु पाेष्टमा पाँच वर्ष काम गरेका थिए । उनले सिएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि काम गरिसकेका छन् । काेइरालाले बेलायतस्थित लिड्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा र नेपालकाे त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातकाेत्तर गरेका छन् । सन् २०११-१२ मा अमेरिकाकाे हवाईस्थित इस्ट वेष्ट सेन्टरमा एसिया प्यासिफिक लिडरसिप कार्यक्रम अन्तरगत उनी फेलाे रहेका थिए ।

नेपाल चेकमा स्वागत छ

झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्‍याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।