नेपालकाे विवाहकाे भिडियाेलाई भारतकाे भन्दै गलत दाबीका साथ फैलाइयाे 

@ScreenMix नामक भिडियाे उत्पादन गर्ने कम्पनीले गत जेठ २० गते उक्त भिडियाे आफ्नाे ट्वीटर खातामा पाेस्ट गरेपछि भाइरल भएकाे थियाे । मध्यपूर्वमा रहेकाे बताउने उक्त ट्वीटर अकाउन्टमा अरबी भाषामा लेखिएकाे उक्त भिडियाेकाे क्याप्सनमा साे भिडियाे भारतकाे भएकाे  दाबी गरिएकाे थियाे ।  “उनकाे श्रीमानकाे मृत्यु भएमा यिनलाई पनि श्रीमानसँगै जिउँदै गाड्नेछन्,” क्याप्सनमा भनिएकाे थियाे । (स्क्रिनमिक्सले हालै उक्त पाेस्ट हटाएकाे छ ।)

उक्त भिडियाे टिकटकमा पनि भाइरल भएकाे छ । गत जेठ २१ गते @nfm7890 नामक टिकटक अकाउन्टले पनि उक्त भिडियाे सेयर गर्याे । १ लाख ३० हजार फलाेअर भएकाे साे अकाउन्टले पाेस्ट गरेकाे २८ सेकेण्डकाे भिडियाे १ कराेड २० लाख पटक हेरिएकाे छ । त्यसैगरी @hy_7727 ले टिकटकमा सेयर गरेकाे भिडियाे पनि व्यापक सेयर भएकाे छ । दुवै पाेस्टमा अरबी भाषामा प्रतिक्रिया आएका छन् । दुवैले स्क्रिनमिक्सकाे पाेस्ट सेयर गरेकाे देखिन्छ ।

यस सामग्रीकाे तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले साे भिडियाेकाे स्क्रिनसटलाई गुगल रिभर्स इमेज सर्च  प्रयाेग गरी खाेज्याैँ । त्यसक्रममा हामी @laxu.sapkota नामक टिकटकमा पुग्याैँ । उनैले साे भिडियाे बझाङमा एक आफन्तकाे विवाहकाे निम्ता मानेर गएका बेला खिचेकाे बताए । हाम्राे अनुराेधमा सापकाेटाले हामीलाई उक्त भिडियाेमा देखिएकी बेहुली जयन्ती खड्कासँग सम्पर्क गराए ।

हाल काठमाडाैँमा स्नातक अध्ययनरत खड्काले उक्त भिडियाे आफ्नाे भएकाे पुष्टि गरिन् । बझाङकाे थलारा गाउँपालिका वडा न‌ं १ मा गत बैसाख २३ गते एक समाराेहबीच गुल्मीका मिलन अर्यालसँग प्रेम विवाह गरेकाे उनले बताइन् । “भिडियाेमा म राेएकाेले सबैले एरेञ्ज म्यारिज भनेर कन्फ्युज हुनु भाकाे छ । तर मेराे लभ म्यारिज हाे,” उनले नेपाल चेकलाई बताइन् । प्रेम विवाह भएपनि विहेका बेला रुन मन लागेकाे बताउँदै उनले भनिन्, “विदाइ हुँदा घरकाे मान्छेबाट छुटिँदा आउट अफ कन्ट्राेल भयाे।”

माथि उद्धृत भिडियाे खिच्ने सापकाेटा र बेहुली खड्काकाे भनाइ अनि भिडियाेमा बाेलिएकाे नेपाली भाषाका आधारमा याे भिडियाे नेपालकाे प्रमाणित हुन्छ । तसर्थ, उक्त भाइरल पाेस्टलाई हामीले गलत ठहर गरेका छाैँ ।

दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
श्रीमानकाे मृत्यु भएमा श्रीमतीलाई पनि सँगै जिउँदै गाड्ने भएकाले नेपालमा एक बेहुली राेएकाे भिडियाे । सामाजिक सञ्जाल प्रयाेगकर्तागलत
श्रीमानकाे मृत्यु भएमा श्रीमतीलाई पनि सँगै जिउँदै गाड्ने भएकाले नेपालमा एक बेहुली राेएकाे दृश्य भन्ने दाबी सहित भाइरल भिडियाेकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।