नझुक्किनुहाेस्, याे भिडियाे मुग्लिङकाे पहिराेकाे हाेइन 

नेपालमा मनसुनका कारण परेकाे भारी वर्षाले देशका विभिन्न ठाउँमा बाढी र पहिरो गएकाे छ । बाढी र पहिराेकाे फाेटाे र भिडियाे सामाजिक सञ्जाल प्रयाेगकर्ताले व्यापक सेयर गरेका छन्। 

यसै सन्दर्भमा काठमाडौंलाई तराईसँग जोड्ने प्रमुख सडक अन्तर्गत नारायणगढ–मुग्लिन खण्ड केही सातादेखि पहिरोका कारण  पटक-पटक अवरुद्ध भएको छ । साेही घटनाकाे भन्दै टिकटकमा भिडियाे फैलाइएकाे छ । साे भिडियोमा सडक माथिबाट पहिराे खसेकाे देखिन्छ । भिडियाेमा उक्त दृश्य एकजनाले माेबाइलमा कैद गरेकाे देखिन्छ भने अन्त्यतिर एउटा पुल पनि देखिन्छ ।

गत असार २० गते टिकटकमा @hawaa92 नामक प्रयाेगकर्ताले उक्त भिडियो पाेस्ट गरेका थिए । उनले भिडियाेमा साे पहिराे नेपालको नारायणगढ-मुग्लिङ सडक खण्डको भएको दाबी गरेका छन् । उक्त भिडियो झण्डै १० लाखले हेरेका छन् भने ३० हजारभन्दा बढीले लाइक गरेका छन् । २६७ बढी प्रतिक्रिया जनाउनेमध्ये केहीले त्याे नारायणगढ-मुग्लिङ सडककाे नभएकाे बताएका छन् । 

१७ सेकेन्डकाे भिडियाेमा एक पुरुषकाे आवाज सुनिन्छ, “मुग्लिङकाे पहिराे हेर्नु, मुग्लिङकाे पहिराे ! ओ हाे, पहिराे त यार खत्रा आकाे छ । हैट्, ठूलै आएछ ।”

गुगलमा उक्त भिडियाे खाेज्दा युट्युबमा समेत सेयर गरिएकाे पाइयाे

तिनै टिकटक प्रयोगकर्ताले एक वर्ष अघि मुग्लिङमा गएकाे पहिरो भन्दै भिडियो पनि सेयर गरेका थिए। नेपाल चेककाे तथ्य जाँच अनुसार उक्त भिडियाे भारतको हिमाचल प्रदेशमा दुई वर्ष गएकाे पहिरोकाे हाे ।

नेपालकाे नारायणगढ-मुग्लिङ सडक खण्डको पहिराेकाे भनी टिकटकमा फैलाइएकाे भिडियाेकाे  हामीले तथ्य जाँच गरेका छौं ।

२०७९ साल साउन १७ गते चम्बा डिस्ट्रिक न्यु नामक फेसबुक पेजमा पाेस्ट गरिएकाे उक्त भिडियाेकाे स्क्रिनसट

हामीले भिडियोको मूल स्रोत पत्ता लगाउन त्यसको स्क्रिनसट लियाैँ। त्यसलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा हामीले “चम्बा डिस्ट्रिक न्यु” नामक फेसबुक पेज भेट्याैँ जसकम उक्त भिडियाेकाे लामाे संस्करण सेयर गरिएकाे थियाे । हिन्दीमा कोटी पुल नजिकैको सडक अवरुद्ध भएकाे उल्लेख थियाे । यसका आधारमा हामीले थप सूचना खाेज्याैँ।

हामीले भारतीय समाचार पत्र ट्रिब्युनले २०७९ साल साउन १७ गते आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गरेको थियाे।

ट्रिब्युनमा प्रकाशित समाचार अनुसार  २०७९ साल साउन १७ गते भारतको हिमाचल प्रदेशको चम्बा जिल्लाको सडकमा पहिरो गई यातायात अवरुद्ध भएको थियो ।

तसर्थ मुग्लिङमा गएकाे पहिराेकाे भिडियाे भन्दै टिकटक र अन्य सामाजिक सञ्जालमा गरिएकाे दाबी गलत हाे । उक्त भिडियाे भारतको हिमाचल प्रदेशस्थित चम्बा जिल्लामा झण्डै ११ महिना अघि गएकाे पहिरोको हो।

दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत मुग्लिङकाे पहिराेकाे भिडियाेसामाजिक सञ्जाल प्रयाेगकर्तागलत
हालैकाे मनसुनी वर्षाका कारण पहिराे गई पटक-पटक अवरुद्ध भएकाे नारायणगढ-मुग्लिङ अन्तर्गत मुग्लिङमा गएकाे पहिराेकाे भिडियाे भन्ने दाबीकाे तथ्य जाँचपछि नेपाल चेककाे निष्कर्ष ।