पहाड

नेपाल चेक ‘सत्यापन-तथ्यजाँच’मा स्वागत छ

नझुक्किनुस्, याे भिडियाे विराटनगरमा परेको असिनाकाे हाेइन 

एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएकाे भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य नेपालकाे विराटनगरमा परेकाे असिना भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनकाे दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेकाे असिनाकाे भिडियो भएको फेला परेको छ।

यो विवरण पढ्नुहोस्

नेपालमा पुन: लकडाउन हुने भन्दै टिकटकमा फैलाइएको भिडियाे भ्रामक 

काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ । नेपाल चेककाे तथ्य जाँचमा साे भिडियाे भ्रामक भएकाे फेला परेकाे छ ।

यो विवरण पढ्नुहोस्

नझुक्किनुस्, याे भिडियाे पूर्व राजाको समर्थनमा निस्केकाे जुलुसको हाेइन, धरानमा भएकाे दाैडकाे हाे

सडकमा दर्जनाै मानिस दाैडिरहेको दृश्य भएको भिडियो टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो गत फागुन १० गते धरानमा भएको म्याराथुन दाैडको भएको फेला परेको छ।

यो विवरण पढ्नुहोस्

नेपालबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको भन्दै फैलाइएको भिडियो भ्रामक

सामाजिक सञ्जालमा हालै फैलिएको भिडियो नेपालस्थित सीताको घरबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको दृश्य भन्ने दाबी गरिएको छ । नेपाल चेकले सो भिडियाे ६ महिना अघि भारतको ग्रेटर नोइडामा भएको धार्मिक समारोहको भएको फेला पारेको छ ।

यो विवरण पढ्नुहोस्

सिक्किममा हालै गएकाे बाढी भनी जापानको भिडियाे सेयर गरियाे 

झण्डै तीन महिना अघि भारतको पूर्वोत्तर सिक्किम राज्यमा गएकाे बाढीकाे दृश्य भन्दै टिकटकमा हालै एउटा भिडियाे सेयर गरिएकाे थियाे । नेपाल चेकले त्याे भिडियाे जापानमा गएको पहिरोको भएकाे फेला पारेकाे छ ।

यो विवरण पढ्नुहोस्

जाजरकोटमा हालै गएकाे भूकम्प भनी आठ वर्षअघिकाे भिडियाे सेयर गरियाे 

हालै कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएकाे भूकम्पकाे दृश्य भन्दै टिकटकमा भिडियाे सेयर गरिएकाे थियाे । नेपाल चेकले त्याे भिडियाे आठ वर्ष पुरानाे भएकाे फेला पारेकाे छ ।

यो विवरण पढ्नुहोस्

नागढु‌ङ्गाकाे सुरुङ भन्दै साउदी अरबमा खिचिएकाे भिडियाे टिकटकमा भाइरल

नेपालमा निर्माणाधीन नागढु‌ंगा सुरुङ मार्गकाे भन्दै टिकटकमा पाेस्ट गरिएकाे ३० सेकेण्ड लामाे भिडियाे लाखाैँले हेरिसकेका छन् । नेपाल चेककाे तथ्य जाँचमा उक्त भिडियाे साउदी अरबस्थित अल बहा सुरुङकाे भएकाे फेला परेकाे छ ।

यो विवरण पढ्नुहोस्

एक वर्ष अघि पाकिस्तानमा गएकाे बाढीकाे भिडियाेलाई नेपालकाे भन्दै गरिएकाे दाबी गलत

बाढी आएकाे नदीकाे पुलमाथिसम्म पानी पसेकाे र केही मानिसहरु हिँडिरहेकाे दृश्य भएकाे भिडियाे नेपालकाे बाढीकाे भन्दै सामाजिक सञ्जालमा सेयर गरिएकाे छ । नेपाल चेकले साे भिडियाे पाकिस्तानकाे खाइबर पख्तुनख्वास्थित स्वात उपत्यकामा एक वर्ष अघि गएकाे बाढीकाे भएकाे पत्ता लगाएकाे छ ।

यो विवरण पढ्नुहोस्

नझुक्किनुस्, याे तस्बिर धरानमा भएकाे र्यालीकाे हाेइन, दुई महिना अघि वीरगञ्जमा भएकाे रथयात्राकाे हाे

गाै हत्या विरुद्ध धरानमा आयाेजना गरिएकाे र्यालीकाे तस्बिर र भिडियाे भन्दै एउटा सामग्री सामाजिक सञ्जालमा भाइरल छ । नेपाल चेककाे तथ्य जाँचमा उक्त सामग्री भ्रामक पाइएकाे छ ।

यो विवरण पढ्नुहोस्

सत्यापनसप्रसङ्गनिगरानी

नेपाल चेकमा स्वागत छ

झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्‍याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।