
नेपाल चेक ‘सत्यापन-तथ्यजाँच’मा स्वागत छ
हामी कुनै पनि माध्यमबाट प्रचारित प्रसारित कुनै पनि भनाइ, जानकारी, दावी, सूचना वा सामग्रीको सत्यापन वा तथ्यजाँच गर्दै प्रमाणित जानकारी यहाँ प्रस्तुत गर्छौं ।
नेपाल चेकमा पहिलो पटक आउनु भएको हो? त्यसो भए यहाँबाट थाल्नु होस्।
एचपीभी खोपले बाँझोपन गराउँछ भन्दै फैलाइएकाे दाबी भ्रामक
नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि माघ २५ देखि फागुन १५ सम्म कक्षा ६ का छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई एचपीभी खोप अभियान सञ्चालन भइरहेको छ। सामाजिक सञ्जालमा खोपले बाँझोपन, गम्भीर रोग वा मृत्युसमेत हुने भन्दै फैलाइएका दाबीहरू भ्रामक छन्।
यो विवरण पढ्नुहोस्झाँक्री सहभागी जुलुसमा रास्वपाकाे समर्थनमा नारा लागेकाे भन्दै फैलाइएकाे भिडियाे भ्रामक
संसदीय निर्वाचनकाे मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा राजनीतिकर्मीका पुराना भिडियाे नयाँ सन्दर्भमा सेयर हुन थालेका छन् । कतिपय भिडियाे ताेडमाेड गरी भ्रम फैलाइएकाे छ । एमालेकी नेतृ रामकुमारी झाँक्री सहभागी जुलुसमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे पक्षमा नारा लागेकाे दाबी गर्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताले सेयर गरेकाे भिडियाे भ्रामक छ ।
यो विवरण पढ्नुहोस्केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक
फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एक फोटो भाइरल भयाे । भाइरल फोटोमा ओली चुरोट तान्दै गरेको देखिन्छ। मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेको देखिने उक्त फोटो तथ्यजाँचमा भ्रामक रहेको फेला परेकाे छ ।
यो विवरण पढ्नुहोस्नझुक्किनुस्, याे भिडियाे विराटनगरमा परेको असिनाकाे हाेइन
एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएकाे भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य नेपालकाे विराटनगरमा परेकाे असिना भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनकाे दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेकाे असिनाकाे भिडियो भएको फेला परेको छ।
यो विवरण पढ्नुहोस्नेपालमा पुन: लकडाउन हुने भन्दै टिकटकमा फैलाइएको भिडियाे भ्रामक
काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ । नेपाल चेककाे तथ्य जाँचमा साे भिडियाे भ्रामक भएकाे फेला परेकाे छ ।
यो विवरण पढ्नुहोस्नझुक्किनुस्, याे भिडियाे पूर्व राजाको समर्थनमा निस्केकाे जुलुसको हाेइन, धरानमा भएकाे दाैडकाे हाे
सडकमा दर्जनाै मानिस दाैडिरहेको दृश्य भएको भिडियो टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो गत फागुन १० गते धरानमा भएको म्याराथुन दाैडको भएको फेला परेको छ।
यो विवरण पढ्नुहोस्नेपालबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको भन्दै फैलाइएको भिडियो भ्रामक
सामाजिक सञ्जालमा हालै फैलिएको भिडियो नेपालस्थित सीताको घरबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको दृश्य भन्ने दाबी गरिएको छ । नेपाल चेकले सो भिडियाे ६ महिना अघि भारतको ग्रेटर नोइडामा भएको धार्मिक समारोहको भएको फेला पारेको छ ।
यो विवरण पढ्नुहोस्सिक्किममा हालै गएकाे बाढी भनी जापानको भिडियाे सेयर गरियाे
झण्डै तीन महिना अघि भारतको पूर्वोत्तर सिक्किम राज्यमा गएकाे बाढीकाे दृश्य भन्दै टिकटकमा हालै एउटा भिडियाे सेयर गरिएकाे थियाे । नेपाल चेकले त्याे भिडियाे जापानमा गएको पहिरोको भएकाे फेला पारेकाे छ ।
यो विवरण पढ्नुहोस्जाजरकोटमा हालै गएकाे भूकम्प भनी आठ वर्षअघिकाे भिडियाे सेयर गरियाे
हालै कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएकाे भूकम्पकाे दृश्य भन्दै टिकटकमा भिडियाे सेयर गरिएकाे थियाे । नेपाल चेकले त्याे भिडियाे आठ वर्ष पुरानाे भएकाे फेला पारेकाे छ ।
यो विवरण पढ्नुहोस्
सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।

