जानाजानी वा नजानेरै समाजमा फैलाइने झुट अर्थात् तथ्यहीन, मिथ्या, असत्य, झुटो दाबी वा सामग्री फेला पार्नु भएको छ ? हामीलाई भन्नुस्, हामी त्यस्ता शंकास्पद कुरा चेक गर्छौं, तिनको सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
मिलेर मिथ्याको प्रतिवाद गरौँ ।
सन्देश गयो

सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।

-

नझुक्किनुस्, याे भिडियाे विराटनगरमा परेको असिनाकाे हाेइन
एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएकाे भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य नेपालकाे विराटनगरमा परेकाे असिना भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनकाे दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेकाे असिनाकाे भिडियो भएको फेला परेको छ।
-

नेपालमा पुन: लकडाउन हुने भन्दै टिकटकमा फैलाइएको भिडियाे भ्रामक
काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ । नेपाल चेककाे तथ्य जाँचमा साे भिडियाे भ्रामक भएकाे फेला परेकाे छ ।
-

नझुक्किनुस्, याे भिडियाे पूर्व राजाको समर्थनमा निस्केकाे जुलुसको हाेइन, धरानमा भएकाे दाैडकाे हाे
सडकमा दर्जनाै मानिस दाैडिरहेको दृश्य भएको भिडियो टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो गत फागुन १० गते धरानमा भएको म्याराथुन दाैडको भएको फेला परेको छ।
