जानाजानी वा नजानेरै समाजमा फैलाइने झुट अर्थात् तथ्यहीन, मिथ्या, असत्य, झुटो दाबी वा सामग्री फेला पार्नु भएको छ ? हामीलाई भन्नुस्, हामी त्यस्ता शंकास्पद कुरा चेक गर्छौं, तिनको सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
मिलेर मिथ्याको प्रतिवाद गरौँ ।
सन्देश गयो

सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।

-

झाँक्री सहभागी जुलुसमा रास्वपाकाे समर्थनमा नारा लागेकाे भन्दै फैलाइएकाे भिडियाे भ्रामक
संसदीय निर्वाचनकाे मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा राजनीतिकर्मीका पुराना भिडियाे नयाँ सन्दर्भमा सेयर हुन थालेका छन् । कतिपय भिडियाे ताेडमाेड गरी भ्रम फैलाइएकाे छ । एमालेकी नेतृ रामकुमारी झाँक्री सहभागी जुलुसमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे पक्षमा नारा लागेकाे दाबी गर्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताले सेयर गरेकाे भिडियाे भ्रामक छ ।
-

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक
फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एक फोटो भाइरल भयाे । भाइरल फोटोमा ओली चुरोट तान्दै गरेको देखिन्छ। मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेको देखिने उक्त फोटो तथ्यजाँचमा भ्रामक रहेको फेला परेकाे छ ।
-

नझुक्किनुस्, याे भिडियाे विराटनगरमा परेको असिनाकाे हाेइन
एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएकाे भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । उक्त पोष्टमा भिडियोको दृश्य नेपालकाे विराटनगरमा परेकाे असिना भन्ने दावी गरिएको छ । तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनकाे दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेकाे असिनाकाे भिडियो भएको फेला परेको छ।
