
नेपाल चेक ‘निगरानी’मा स्वागत छ
एउटा स्वतन्त्र र निष्पक्ष सत्यापन मञ्चकारूपमा हामी राज्यको एउटा निगरानीकर्ता अङ्ग संसदकै र राज्यको चौथो अङ्ग मानिने निगरानीकर्ता अङ्ग मिडियाकै निगरानी गर्छौं र मिलेको प्रमाणित जानकारी यहाँ प्रस्तुत गर्छौं ।
नेपाल चेकमा पहिलो पटक आउनु भएको हो? त्यसो भए यहाँबाट थाल्नु होस्।
-
के दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले विश्वासको मत लिन लागेको हो?
गत फागुन १५ गते नेकपा (एमाले) ले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता गरेसँगै केही सञ्चार माध्यममा पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको र सरकारले तीस दिन भित्रै संसदबाट पुनः विश्वासको मत लिनुपर्ने समाचार प्रकाशित भए।हाल सरकार अल्पमतमा परिसकेको हो कि हैन विषयमा भने अन्याैल देखिन्छ । यसै विषयलाई लिएर नेपाल चेकले यो जानकारीमुलक सामग्री तयार…
-
अद्यावधिक : प्रधानमन्त्रीले पुन: विश्वासकाे मत लिनुपर्ने सम्बन्धी नेता न्याैपानेकाे दाबी भ्रामक
गत फागुन २ गते ग्लाेबल टेलिभिजनसँगकाे अन्तर्वार्तामा सत्तारूढ दल नेकपा माओवादीका नेता लेखनाथ न्याैपानेले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकाे दलले आफूले दिएकाे विश्वासकाे मत फिर्ता लिएमा पुन: विश्वासकाे मत लिन प्रधानमन्त्रीलाई कानुनी दबाब नपर्ने दाबी गरेका थिए । नेपाल चेककाे तथ्य जाँचमा साे दाबी भ्रामक भएको र न्यौपानेले सन्दर्भ लुकाएको फेला परेकाे छ ।
-
के नेपालमा संसारमै सबैभन्दा धेरै स्थानीय सरकार छन्?
गत माघ ७ गते प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै स्वतन्त्र सांसद प्रभु शाहले नेपालका स्थानीय सरकारकाे संख्या धेरै भएकाेले देशले धान्न नसक्ने अभिव्यक्ति दिएका थिए । यसै सन्दर्भमा हामीले संघीयता लागु भएका केही देशमा के कति सरकार छन् भनी याे सामग्री तयार पारेका छाैँ ।

सत्यापन – सप्रसङ्ग – निगरानी
नेपाल चेकमा स्वागत छ
झूट, भ्रम र अर्ध-सत्य केवल सामाजिक सञ्जालका अमुक प्रयाेगकर्ताले फैलाउँदैनन् । थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानाजानी वा नजानेरै त्यसो गर्छन् । समाजमा फैलिएका खराब सूचना पहिल्याएर तिनको सत्यापन गर्दै सही जानकारी सकेसम्म धेरैमाझ पुर्याउन हामी अस्तित्वमा आएका हौँ । नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
