
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई गणतन्त्र मन नपरेकाे भनेकाे भन्दै हाल एउटा १९ सेकेण्ड लामाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ । भिडियाेमा प्रधानमन्त्री दाहालले यस्ताे भनेका छन्: “मलाई जिन्दगीभरि याे गणतन्त्र मनै पर्या हैन, वाध्य भएर गरेकाे हाे । त्यसकारण माैका आयाे भने याे उल्ट्याउने हाे । संघीय गणतान्त्रिक लाेकतन्त्र पनि मन पर्या छैन । मलाई याे समावेशी, समानुपातिक भनेर दलित, महिलालाई काेटा छुट्याएकाे पनि मन पर्या छैन ।”
भाइरल भिडियाेसँगै भनिएकाे छ, “मलाई गणतन्त्र मन पर्या छैन । लाै न आज आएर के बाेल्या भाइ ?” अमित मगर नामक फेसबुक प्रयाेगकर्ताले असार २५ गते उक्त भिडियाे पाेस्ट गरेका छन् । त्यस्तै दिलेन्द्र याङ्देम्बा नेम्बाङ नामक प्रयाेगकर्ताले साेही भिडियाे सेयर गर्दै माओवादीले साे भिडियाे सम्पादित भनेकाे भन्दै सम्पादित हाे कि रियल हाे भन्दै फेसबुकमा प्रश्न गरेका छन् । साेही भिडियाे ८० हजार सदस्य रहेकाे “नेता राजेन्द्र लिङ्देन समर्थक ग्रुप” नामक फेसबुक ग्रुपमा पनि सेयर गरिएकाे छ ।
के प्रधानमन्त्री दाहालले आफूलाई गणतन्त्र, संघीयता र समावेशिता मन नपरेकाे भनेर भाषण गरेका हुन् त? नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।

तथ्य जाँचका लागि हामीले प्रचण्डले भिडियाेमा बाेलेका शब्दका आधारमा गुगलमा खाेजी गर्याैँ । त्यसरी खाेज्ने क्रममा हामी उज्यालाे अनलाइनकाे फेसबुक पेजमा पुग्याैँ जहाँ २०७८ साल कात्तिक १५ गते एक मिनेटकाे भिडियाे पाेस्ट गरिएकाे छ । त्यसका आधारमा उक्त भिडियाे साे मितिमा नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयाेजना गरेकाे शुभकामना आदान प्रदानकाे रहेकाे थाहा भयाे । उज्यालाे अनलाइनमा प्रकाशित समाचारमा प्रचण्डले ओलीलाई उद्धृत गर्दै भाइरल भिडियाेकाे अंश बाेलेकाे पुष्टि भयाे । थप अनलाइन खाेजमा न्युज एजेन्सी नेपालले साेही मितिमा आफ्नाे युट्युब च्यानलमा पाेस्ट गरेकाे भिडियाेमा प्रचण्डकाे साे भनाइ रहेकाे पत्ता लाग्याे । माओवादीले गरेका कामकाे पर्याप्त चर्चा नभएकाे बताउँदै उनले उक्त दल पनि एमाले र कांग्रेसजस्ता पुराना दलकै बाटाेमा हिँड्न थालेकाे बताएका छन् ।
उनले भिडियाेमा भनेका छन् (१ मिनेट ४० सेकेण्डदेखि अन्त्यसम्म हेर्नुहाेस्):
तपाईहरुले सुन्नुभएकाे हाेला धेरैपटक उनले भन्छन् पनि । अहिले भर्खरै भनेकाे पनि सुनेँ । भित्र उनी के भन्छन् भनेर । केपी ओली प्रवृत्ति भन्छाैँ नि हामी । गत सालदेखि हामी एउटा नयाँ खालकाे कम्युनिष्ट नामधारी प्रतिक्रयावादी, प्रतिक्रान्ति विरुद्ध लड्न वाध्य भइयाे हामी । उनले भन्थे सधैँ मलाई याे संघीय, लाेकतान्त्रिक गणतन्त्र पनि मन पर्या छैन, मलाई याे समावेशी, समानुपातिक भनेर दलित, महिलालाई काेटा छुट्याएकाे पनि मन पर्या छैन ।
प्रचण्ड
अस्ति त भनेछन् (ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ) : मलाई जिन्दगीभरि याे गणतन्त्र मनै पर्या हैन, वाध्य भएर गरेकाे हाे । त्यसकारण माैका आयाे भने याे उल्ट्याउने हाे भनेछन् ।
पूर्व प्रधानमन्त्री तथा उनका पूर्व सत्ता साझेदार दलका प्रमुख केपी शर्मा ओलीसँग प्रचण्डकाे विवाद चर्किएकाे सन्दर्भमा उनले ओलीलाई इंगित गर्दै दिएकाे मन्तव्यलाई उनैले भनेकाे भनेर सामाजिक सञ्जालमा सेयर गरिएकाे छ । फरक सन्दर्भमा बाेलेकाे अंशलाई मात्र काटेर सन्दर्भ लुकाई प्रचण्डले आफूलाई गणतन्त्र मन नपरेकाे भनेकाे भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएकाे नेपाल चेककाे निष्कर्ष छ ।
| दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
| प्रचण्डले आफूलाई गणतन्त्र मन नपरेकाे भनेकाे | सामाजिक सञ्जाल प्रयाेगकर्ता | सन्दर्भ लुकाइएकाे |
